महिनावारीमा यसरी गरौं सरसफाई

महिनावारी हुँदा शारीरिक सरसफाईमा विषेश ध्यान पु¥याउनु पर्ने हुन्छ । गाँउघरतिर महिला महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने गर्छन् ।
यसले गर्दा उनीहरुको गुप्तांगमा संक्रमणको समस्या बढी देखिन्छ । गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरको प्रजनन् अंगमा पनि संक्रमण हुने सम्भावना हुन्छ । नेपालको पश्चिमी भेगतिर महिलाहरुले महिनावारी हुँदा कुनै पनि कपडा प्रयोग गर्देनन् । कसैकसैले कपडा प्रयोग गरेभने सूर्यलाई देखाउनु हँुदैन भनेर घाममा सुकाउँदैनन् र अँध्यारोमै राख्छन् । उनीहरू फेरि अर्काेपल्ट महिनावारी हुँदा त्यही कपडाको प्रयोग गर्छन् । यसले गर्दा उनीहरुको शरीरका भित्री अंगमा संक्रमण हुने संभावना बढी हुन्छ । त्यसैले महिनावारीमा प्रयोग गरेको कपडा घाममा सुकाउनु पर्छ  । यसबेला प्रयोग गरिने कपडा नरम र सुतीको हुनुपर्छ । नाइलन र पोलिस्टरको कपडा प्रयोग गर्नु हुँदैन । महिनावारी हुँदा प्रयोग गरिएका कपडा फेरिरहनु पर्छ । रगत लागेको कपडा प्रयोग गर्नु हँुदैन । यसले शरीर गन्हाउने, काछमा घाउ आउने र संक्रमण हुने हुन्छ । आजकल शहरका महिलाहरु आधुनिक स्यानिटरी प्याड प्रयोग गर्छन् । औषधि पसलबाट रुवा किनेर ल्याउने, यसलाई सानो भागमा बाँड्ने र तिनलाई सुतीको कपडामा बेरेर प्याड बनाउन सकिन्छ । यो प्याड एकपल्ट प्रयोग गरिसकेकपछि कागजमा बेरेर सुरक्षित ठाँउमा पmयाक्ने वा बालिदिने गर्नुपर्छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget