२५ फागुन, इस्लामाबाद ।
पाकिस्तानले सोमबार पारमाणविक क्षमतायुक्त ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको जानकारी यहाँको सेनाले दिएको छ । पाकिस्तान तथा भारतबीच करिब एक वर्षसम्म वाता नभई हालै उच्चस्तरीय वार्ता भएको एक साताभन्दा कम समयमा यो परीक्षण भएको हो ।
जमिनबाट जमिनमा प्रहार गरिने दुई हजार ७५० किलोमिटर परसम्म मार हान्नसक्ने साहिन तेस्रो क्षेप्यास्त्र परीक्षण प्रक्षेपण भएको जानकारी सेनाले दिएको छ । साथै यस क्षेप्यास्त्रले पारमाणविक तथा परम्परागत विस्फोटक पदार्थ बोक्नसक्ने बताइएको छ ।
सेनाले जारी गरेको विज्ञप्तिमा अरेबियाली सागरमा प्रभाव रहने गरी विभिन्न आकार तथा प्राविधिक क्षमतामा अधिकतम दुरीसम्म क्षेप्यास्त्र परीक्षण गरिएको उल्लिखित छ ।
सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि भारत तथा पाकिस्तानबीच तीनपटक युद्ध भइसकेको छ । सन् १९९८ मा उनीहरूले पारमाणविक हतियारको क्षमता प्रदर्शन गरेपछि नियमित रूपमा क्षेप्यास्त्र परीक्षण गरेका छन् ।
पाकिस्तानले गत महिना तल्लो तहमा उडान गर्ने र पारमाणविक विस्फोटक पदार्थ बोक्नसक्ने क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
भारतीय विदेश सचिव सुब्रमन्यम जयशङ्करले गत साता पाकिस्तानी समकक्षीसँग वार्ता गर्न इस्लामाबादको भ्रमण गरेका थिए ।
गत मे महिनामा दुई मुलुकका प्रधानमन्त्रीले नयाँ दिल्लीमा भेट गरेपछि पारमाणविक हतियारसम्पन्न यी दुई मुलुकबीच यो पहिलो उच्चस्तरीय वार्ता हो ।
सम्बन्ध प्रायः बोझिलो भइरहने यी दुई मुलकबीच सीमामा गत अगस्त महिनामा सङ्घर्ष भएपछि तथा पाकिस्तानी कूटनीतिज्ञले कश्मीरी पृथकतावादीसँग बैठक गरेपछि उनीहरूबीच सम्बन्ध अझै तीतो भएको थियो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.