एजेन्सी । स्पेनको एक नदीमा कारसहित खसेकी १८ महिने बालिकाको १३ घन्टापछि जीवितै उद्दार गरिएको छ ।
स्पेनको युटाहामा आमासँगै कार दुर्घटनामा परेकी ती बालिकालाई जीवितै भेटिएको समाचारले अहिले अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा समेत व्यपकता पाएको छ ।
कार दुर्घटनामा परेकी ती बालिकाकी आमाको भने मृत्यु भएको छ । शुक्रबार नदीको पुलछेउमा बनाइएको सिमेन्टको ब्यारियर भत्काउँदै नदीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनाको १३ घन्टापछि माछा मार्ने एक व्यक्तिले देखेर प्रहरीलाई खबर गरेका थिए ।
त्यसलगत्तै गएको उद्दार टोलीले बालिकालाई जीवितै फेला पारेको थियो भने कार चलाएकी २५ वर्षीय लेन जेनिफर ग्रोसब्याकलाई भने मृत भेटेको थियो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.