न्याप्किन पेपरमा कन्डम दिन्छन् विराटनगरका यौनकर्मी

विराटनगर : विराटनगरका रेष्टुरेन्टहरूमा यौनजन्य सुविधा दिनेभन्दै ग्राहकबाट अनधिकृत रकम असुल्ने प्रवृति मौलाएको छ। प्रहरीको सरप्राइज चेकिङका गिरोहले घुमाउने बाहनामा युवती ल्याएर भुम्ती यौनधन्दा गराउने प्रवृतिसमेत मौलाएको खुल्न आएको छ।

रेष्टुरेन्टमा पुग्ने ग्राहकसँग प्रहरीले छापा मार्दैन भन्दै विश्वास दिलाएर पहिल्यै न्याप्किन पेपरमा बेरेर कन्डम दिने तर मदिरा सेवन गरी ग्राहक लठठ् परेपछि प्रहरी आयो भन्दै युवती भाग्ने गरेको नयाँ तथ्य खुलेको छ।


खासगरी भारतीय ग्राहकसँग रकम लिएर यौनकर्मी भाग्ने र ठगी गर्ने क्रम मौलाएको हो। प्रहरीको 'सरप्राइज चेकिङ'का क्रममा मंगलबार राति गिरोहले बाहिरबाट युवीलाई घुमाइदिने भन्दै जर्बजस्ती केटाहरुसँग यौन सम्पर्क गर्न बाध्य गराउने गरेको नयाँ तथ्य पनि खुलेको छ।

विराटनगर- १५ स्थित रेस्टुरेन्टमा भेटिएका एकजना भारतीय युवकले भने,'मदिरा खान गएको बेला केटी आए। न्याप्किनमा दिए। खोलेर हेर्दा त कन्डम थियो। प्रहरी आउँदैन भने। झुक्याएर पैसापनि लगे तर पछि प्रहरी आयो भन्दै भागे।'

वडा प्रहरी कार्यालय 'क' ले यौनजन्य गतिविधिको सेटिङ मिलाउने व्यक्तिलाई पक्राउ गरेपछि युवतीलाई घुमाउने बाहना गर्दै यौनधन्दा चलाउने गरेको तथ्य खुलेको हो।

प्रहरी निरीक्षक गोबिन्दराज काफ्लेले भने,'ठाउँ परितर्वतन गर्ने गिरोहले युवतीलाई घुमाउन भन्दै विभिन्न ठाउँ लगेर यौनधन्दा गराउने गरेको तथ्यका विषयमा पनि सुक्ष्म अनुसन्धान भइरहेको छ ।'

प्रहरीले मंगलबार होटेलमा छापा मारी काभ्रेकी मानन्धर र धादिङका आलेमगर थरका युवकलाई पक्राउ गरेपछि बाहिरबाट युवती ल्याई अलग अलग स्थानमा यौनधन्दा गराउने तथ्य बाहिर आएको छ। दुबैलाई जिल्ला प्रहरी कार्यालयले तारेखमा राखेको छ।

प्रनि काफ्लेले भने,'चिनजानकी युवतीलाई भेडेटार लगेर केटासँग बस्न भन्दै दबाब दिएका रहेछन् ।' सपना नाम गरेकी ती युवतीले पनि आफूलाई जोरजर्बजस्ती गर्न खोजेको बताएकी छिन्।

यो घटनाको विषयमा प्रहरीमा जाहेरी नआएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले पक्राउ परेका युवक र युवतीको विषयमा थप अनुसन्धान भइरहेको बताए। उनले भने,'नयाँ नयाँ तरिकाले यौनधन्दा गराउने चलन बढ्दै छ। त्यही अनुसार हामीले पनि चेकजाँच र अनुसन्धान बढाएका छौं।'

होटल तथा रेष्टुरेन्टहरुमा हुने यौनजन्य गतिविधिमा प्रहरीले नियमित अनुगमन बढाएको छ। यौनकर्मीहरूले यौनधन्धा गर्न सुरक्षित तथा वैकल्पिक स्थलको रुपमा भाडाका कोठा र भेडेटारको होटेललाई प्रयोग गर्न थालेका छन्। प्रहरीले विराटनगरका होटेलमा यौनकर्मच हुन नदिन रात्रि चेकिङलाई समेत निरन्तरता दिएको छ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget