टोकियो,२६ फाल्गुन ।
जापानको कानुन मन्त्रालयले नक्कली शरणार्थी आबेदनलाई निरुत्साहित गर्नको लागि, आबेदकहरुलाई समान्तररुपमा कामगर्न अनुमती दिने हालको नितीलाई संसोधन गर्ने प्रकृया अगाडि बढाउने भएको छ।यो नितीबाट शरणार्थीको रुपमा उचित नठरिएका बिदेशीहरुलाई रोजगारी मान्यता नदिने हुदा कामगर्ने उढेष्यले जापानमा बसोबास गर्न कठिन हुनेछ।
नक्कली आबेदक बढेकोले हालको प्रमाणीकरण प्रकृया लामो हुने हुदाँ वास्तबिक शरणार्थीहरुलाई जोगाउनको लागि ढिलो हुने भएकोले उक्त मन्त्रालयले निकट भबिस्यमा निर्धारण हुने जापानको नयाँ अध्यागमन नितीमा सुधार गर्ने भएको छ ।
शरणार्थी मान्यता प्रणालीमा ,शरणार्थी आबेदन दिने बिदेशीहरुलाई आबेदन दिएको ६ महिना पछी जापानमा काम गर्ने स्वत: मान्यता उपलब्ध गराउने ब्यबस्था छ । आबेदकको दैनिक जिबनलाई ध्यान दिएर २०१० देखी डेमोक्रेटिक पार्टीको सरकार हुँदा दयनिय अवस्थाका बिदेशीहरु सबैलाई प्राथमिकताका साथ रोजगार मान्यता दिने गरिएको निर्णयलाई बदर गर्ने भएको छ । रोजगार मान्यता पाउने भए पछी नक्कली शरणार्थी आबेदन दिने बिदेशीहरुको संख्या तिब्र गतीमा बढेको थियो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.