२०७१ फागुन २६ गते
बलिउड स्टार शाहरुख खानलाई कमेडियन कपिल शर्माले विस्थापित गरिदिएका छन् ।
दुई च्यानलवीचको लडाईं उत्र्कषमा पुगेपछि त्यसको सिधा असर शाहरुख र कपिलको सम्बन्धमा समेत देखिएको छ ।
कलर्स टेलिभिजनमा फराह खानले संचालन गरिरहेको खाना पकाउने रियालिटी सोको फाइनलमा शाहरुख खान आउने पक्का भएको भएको थियो । तर, अन्तिम समयमा शाहरुखलाई कपिल शर्माले विस्थापित गरिदिएका छन् ।
शाहरुख खानले हालै संचालन गर्न थालेको रियालिटी सो मा कपिल शर्मा अतिथि बन्ने तयारीमा थिए । तर, कलर्स टीभीले प्रतिस्पर्धी टीभीको कार्यक्रममा सहभागी नहुन कपिललाई निर्देशन दिएपछि उनी शाहरुखको कार्यक्रममा सहभागी हुन पाएनन् ।
जसको असर कलर्सबाट संचालित खाना पकाउने सोमा समेत देखियो । कपिल शाहरुखको सो मा सहभागी नहुने भएपछि फराहको सोमा पनि शाहरुख नआउने भए । जसका कारण ग्राण्ड फाइनल सो मा अब शाहरख हैन, कपिल शर्मा मुख्य अतिथि बन्नेछन् ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.