कुनै २ वर्षको बच्चाले पैसा कमाउने कल्पना गर्नु हुन्छ ? २ वर्षको बच्चा त अझै आमाको दुध खाँदै हुन्छ । तर भारतका एक २ वर्षीय वालकले भने विज्ञापनमा मोडलिङ गरेर वर्षको ८ लाख भारु अर्थात १२ लाख ८० हजार कमाउँछन् ।
केवल २ वर्षका एकम बिञ्जवे नामका वालक देशका ११ चर्चित ब्राण्डका विज्ञापनमा देखिन्छन् । उनको प्रतिभामा निखार ल्याउनका लागि तालिम समेत विभिन्न ब्राण्डले लिइरहेका छन् ।
यी वालकका पिता आकाश बिञ्जवे गार्मेन्ट ब्यवसायी हुन् । उनी आफ्नो छोराले महिनामा १२ देखि १५ वटा सम्म विज्ञापन खेल्ने गरेको बताए ।
यी वालकले वर्षको कम्तिमा पनि ८ लाख भारु कमाउँछन् । २ वर्षका यिनले अहिले सम्म १२ वटा फेशन शो समेत गरिसकेका छन् ।
उनलाई विदेशबाट समेत अफर आउन थालेको पिता आकाश बताउँछन् ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.