पर्सामा फेरि सुस्त मनस्थिति पीडित युवती बलात्कृत

फागुन २८ । पर्साको सुवर्णपुरमा सुस्त मनस्थितिकी एक युवती बलत्कारको शिकार भएकी छन् । सुवर्णपुर गाविस–१ की ३० वर्षीया युवतीलाई सो गाविस–६ का ४६ वर्षीय राम प्रसाद न्यौपानेले बलत्कार गरेका हुन् ।

बुधबार दिउँसो साँढे २ वजे तिर खेतमा घाँस काट्न गएकी उनलाई न्यौपानेले बलत्कार गरेका हुन् । बलत्कारको आरोप लागेका न्यौपानलेलाई प्रहरीले पक्राउ गरिसकेको छ । पीडित युवतीका अभिभावकले दिएको उजुरीको आधारमा न्यौपानेलाई पक्राउ गरिएको प्रहरी चौकी सुर्वणपुरले जनाएको छ ।

न्यौपानेले बलत्कार गरेको स्वीकार गरिसकेको प्रहरी सहायक निरीक्षक मोहन भुजेलले बताए । पीडित युवतीको उजुरीको आधारमा खोजतलासका क्रममा उनलाई बिहीबार बिहान दुई बजे गाँउकै खोला नजिकबाट पक्राउ गरिएको भुजेलले बताए ।

 न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले बताए । पीडित युवतीलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीको निगरानीमा नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget