फेरी पनि ५ वर्षिय बालिका बलात्कृत

फागुन २७ गते
बाराको कलैयामा ६ बर्षिय बालिका बलात्कार भएको घटना सेलाउन नपाउँदै फेरी लमजुङमा एक युवकले ५ वर्षकी बालिकालाई फकाई–फकाई बलात्कार गरेको रहस्य खुलेको छ । ती युवकले बालिकालाई चक्लेट दिएर लुगा खोल्न लगाई बलात्कार गरेको पीडित परिवारलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

बलात्कारको अभियोग लागेका पूर्वी लमजुङको नौथर गाविसका १९ वर्षका धनबहादुर गुरुङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कार अभियोग लागेका गुरुङले आफ्नो अभियोग स्वीकार गरेको बताउनुभयो ।

फागुन २१ गते फागू पूर्णिमा अर्थात होलीको दिन खेलिरहेको बालिकालाई गुरुङले ‘मिठाई दिन्छु भन्दै फकाएर आफ्नो घर लगेका थिए । घरमा लगेर गुरुङले बालिकालाई कपडा खोल्न लगाएका थिए । प्रहरीका अनुसार गुरुङले पनि आफ्ना केही कपडा खोलेर बालिकालाई आफूमाथि चढ्न लगाएका थिए ।

खेल्ने भन्दै ती युवकले बालिकालाई आफूमाथि नांगै चढाएर बलात्कार गरेको प्रहरीले दावी गरेको छ । उनलाई जिल्ला अदालतबाट मंगलबार थप अनुसन्धानका लागि ७ दिनको म्याद थपेर प्रहरी हिरासतमा लिइएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा उनी बलात्कृत भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget