मनोज बस्नेत |
२०७१ फाल्गुन २६ मंगलवार
प्रहरीको टाउको फुटाउने युवा संघको नेता गुन्डाको लिष्टमा
पोखरा : नागरिकको सुरक्षाका लागि डिउटीमा रहेका प्रहरी जवानको टाउको फुटाएको पोखराको घटनपछि प्रहरी मुख्यालयले पार्टीका नाममा दादागिरी गर्ने र कानुन हातमा लिन प्रयास गर्ने कुनै पनि गुन्डालाई नछोडन् विशेष निर्देशन पठाएको छ।
प्रहरी मुख्यालयले गुन्डागर्दीमा सम्लग्न सबैलाई तत्काल कारवाहीको दायरमा ल्याउन मातहतका कार्यालयलाई निर्देशन दिएको छ। कारबाहीको दायरा ल्याउनुपर्ने गुन्डाका पक्ष्ँपोषणमा काम गर्ने प्रहरी अधिकृतमाथि कडा कारवाही गर्ने जनाएको छ।प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गुन्डाहरुसँग कुनै पनि प्रकारको सम्झौता नगर्न र गुन्डा तह लगाउने कदममा कुनै पनि दल वा नेताको मुख नहेर्न कडा निर्देशन दिएको स्रोतले बतायो ।
डिउटीमा रहेका प्रहरी जवानको टाउको फुटाएको अभियोगमा पक्राउ गरेका एमाले युवा संघ गण्डकीका उपाध्यक्ष महेन्द्र भोटेका नामले चर्चित शिव गुरुङलाई प्रहरीले गुन्डाको सूचीमा राखेको छ। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा ओजन डिस्को संचालन गदै आएका गुरुङ सहित डिस्कोमा कार्यरत रहेका १४ जना शुक्रवार देखि प्रहरी हिरासतमा रहेका छन्।
प्रहरीले सोमवार पक्राउ परेका मध्ये ३ जनालाई ज्यान मार्ने उद्योगमा र गुरुङ सहित अन्यलाई केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धामा म्याद थपेर थप अनुसन्धान गरिरहेका छ।‘सामाजिक सद्भाव बिथोल्ने कुनै पनि कुरा प्रहरीलाई सह्य हु“दैन’ पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पंकज श्रेष्ठले भने ‘कारवाही गर्ने क्रममा कोहीस“ग पनि सम्झौता गदैनौ ।’ कारवाही गर्नबाट रोक्न आफुलाई कहीबाट दबाब नआएको उनले दाबी गरे ।
गुरुङ्गले चलाएको डिस्कोमा दुई पक्षवीच झड्प भएपछि पुगेका प्रहरी जवान भिमवहादुर राना सांघातिक आक्रमणको सिकार बने। रडले प्रहारबाट टाउकोमा गम्भिर चोट लागेर रगताम्य भएका उनलाई तत्काल प्रहरीले उद्वार गरी फिस्टेल हस्पिटलमा लगेका थिए।
बडा प्रहरी कार्यालय बैदाममा राना कार्यरत थिए । ‘प्रहरीले गुरुङलाई गुन्डाको सुचीमा रहेको छ’ प्रहरी स्रोतले भन्यो ‘उनी माथि अनेकौ कोणबाट थप अनुसन्धान भईरहेको छ ।’ स्रोतका अनुसार पक्राउ परेका गुरुङ सहित अन्य आफ्ना कार्यकर्तालाई छोडिदिन एमाले नेताहरुले प्रहरीलाई चर्को दबाब दिएका छन । यसैबीच युवा संघ गण्डकीका अध्यक्ष नवराज ओझाले सोमवार विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा रहेका गुरुङ्ग निदोष भएको दावी गर्दै विना शर्त रिहा गर्न माग गरेका छन्।
सरुवा भएर आए लग्त्तै गुन्डागर्दी बिरुद्ध खरो रुपमा उत्रिएका कास्की प्रहरी प्रमुख एसपी हरिबहादुर पालले आपराधिक गतिबिधि गर्ने जोसुकै भएपनि कारवाही दायरामा ल्याउन प्रहरी कसैको दबाब सामू कहिल्यै नझुक्ने बताउ“दै आएका छन्।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.