एजेन्सी ।
सलमान खानमाथि सन् २००२ मा लागेको हिट एण्ड रन मुद्धामा उनका मृत अंगरक्षक रवीन्द्र पाटिलको पनि बयानलाई प्रमाणकोरुपमा प्रयोग गर्ने अनुमति अदालतले दिएको छ ।
उक्त घटनाका एक मात्र प्रत्यक्षदर्शी पाटिलको बयानले सलमानलाई जेल पुर्याउन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाटिलको सुनुवाइ चलिरहेकै समयमा सन् २००७ को अक्टोवर तीनमा मृत्यु भएको थियो । उनी एक पुलिस कन्स्टेवल पनि थिए ।
पाटिलले मजिस्ट्रेटसँग आफ्नो बयान दिइसकेका थिए । अव यो मुद्धामा पाटिलको बयानलाई पनि पुनः प्रयोग गर्ने अनुमति अदालतले दिएको हो ।
पाटिलले बयानमा आफू दुर्घटनाको समयमा सलमानसँगै रहेको र गाडी विस्तारै चलाउन आग्रह समेत गरेको खुलासा गरेका थिए । तर सलमानले आफूले भनेको सुनेको नसुन्यै गरेको समेत उनले बताएका थिए ।
पाटिलले उक्त घटनापछि उजुरी समेत दर्ता गरेको बताइएको छ । सन् २००२ मा भएको यो घटनामा १ जनाको निधन भएको थियो भने ४ जना घाइते भएका थिए ।
आगामी मार्च १२ मा यो मुद्धाको सुनुवाइ हुँदैछ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.