कायरोमा निरन्तर बम विस्फोट

२६ फागुन, कायरो ।


इजिप्टको सिनाई प्रायद्वीपमा मङ्गलबार प्रहरी चौकीमा सवारी साधन पार्किङ इलाकामा भएको आत्मघाती बम विस्फोटमा परी दुई सर्वसाधारणको मृत्यु भएको छ ।

इजिप्टको राजधानी कायरोमा केही दिनयता निरन्तर रुपमा बम विस्फोट भइरहेको बताइएको छ ।



मङ्गलबार पनि सो क्षेत्रमा भीषण बम हमला भएको बताइएको छ । सो बम विस्फोटमा परी भएको क्षतिको विवरण कमैमात्र प्राप्त भएको छ ।

उक्त विस्फोटमा परी घाइते भएकामध्ये ३० जना प्रहरीसहित ३३ जना व्यक्ति घाइते भएका सुरक्षा र स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

एल एरिसको प्रान्तीय राजधानी उत्तरी सिनाईमा मङ्गलबार बिहान सबेरै सो आक्रमण भएको बताइएको छ । एक प्रहरी चौकीलाई लक्ष्यगरी चौकीको प्रवेशद्वारमा सो हमला गरिएको थियो ।

सन् २०१३ मा इस्लामिक राष्ट्रपति मोहमद मोर्सीलाई सैनिकले अपदस्थ गरेयता सो प्रायद्वीपमा आतङ्ककारी आक्रमण बढेको बताइएको छ ।

आतङ्ककारीहरुले प्रहरी चौकीको प्रवेशद्वारनजिकै एक पानीको ट्याङ्करमा विस्फोटन गराएको एक सुरक्षा अधिकारीले बताएका छन् । रासस ÷एएफपी

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget