गर्भावस्थाको समयमा महिलाले धेरै अदुवा सेवन गर्नाले पाठेघरमा विकशित भैरहेको भ्रुणको सेक्स हर्मोनमा असर पूराउँछ । निकै धेरै अदुवा खानाले गर्भपातको जोखिम समेत हुने बताइन्छ । साथै बढि अदुवा खानाले गर्भवती महिलामा सुत्केरी हुने समयमा धेरै रगत बग्ने जोखिम निम्त्याउन सक्ने विज्ञहरु बताउँछन् ।
यद्यपि गर्भवती महिलाले थोरै मात्रामा अदुवा चपाउनु फाइदाजनक नै हुन्छ र यसले बिहानीपख हुने वाकवाकी रोक्न मद्दत गर्दछ ।
अदुवामा हुने तत्वले रगत जम्ने अर्थात् ब्लड क्लटिङको क्रियालाई धीमा बनाइदिन्छ । साथै यसले रगतमा ग्लुकोजको मात्रालाई समेत कम गरिदिन्छ ।
औषधि सेवन गरिरहेका मधुमेहका रोगीले अदुवाको सेवन गर्नु लाभदायक मानिँदैन । अदुवाले उनीहरुको रगतको ग्लुकोजको मात्रा अस्वभाविक रुपमा निकै कम गरिदिने खतरा हुन्छ ।
धेरै अदुवाको सेवन गर्नाले मानिसमा अनिद्राको समस्या समेत उत्पन्न हुनसक्छ । महिनावारीको समयमा धेरै रगत बग्ने समस्या भएका महिलाहरुले तरकारी वा अचारमा अदुवाको मात्रा घटाउनु आवश्यक हुन्छ । धेरै अदुवाको सेवनले सरीरमा अम्लपनाको मात्रा समेत बढ्ने बताइन्छ ।
अदुवाको सन्तुलित मात्रा भने सरीरका लागि लाभदायक नै हुन्छ । विज्ञहरुका अनुसार दैनिक २ ग्राम जति अदुवा खानु स्वास्थ्यका लागि सुरक्षित तथा लाभदायक हुन्छ ।-एजेन्सी
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.