दाँत सँधै सफा र सेतो राख्ने १० उपायहरू!!

सुन्दर दाँत र स्वस्थ गिँजा होस् भन्ने चाहनुहुन्छ? यी १० उपायहरू अपनाउनुहोस्।


१. भोजन आहारमा ध्यान दिनुहोला
तपाईँले जे खानुहुन्छ, त्यो कुरा दाँतमा गएर अड्किने गर्दछ। त्यसैले धेरै वाइन, कालो चिया अथवा चुरोट खानुभएको छ भने दाँत सफा रहन्छ भन्ने आस नगर्नुहोस्। तै पनि दाँत सफा र चम्किलो राख्न चाहनुहुन्छ भने दाँत फोहोर गर्ने खानेकुरा खाइसकेपछि अवश्य दाँत माझ्नुहोला।

डेन्टिस्टको सल्लाह अनुसार ब्लिचिङ्ग एजेन्टको नियमित प्रयोग गर्नुहोला। खानापछि एउटा स्याउ खान नबिर्सिनुहोला।



२. दाँत माझ्दा गुन्गुनाउनुहोला
अनुसन्धानको अनुसार हाम्रो दाँतलाई कमसेकम २ मिनेट जति माझ्दा पर्याप्त हुन्छ। त्यसैले दाँत माझ्दा घडी हेर्नुहोस् वा टाइमर राख्नुहोस् अथवा २ मिनेट लामो गीत गुन्गुनाउनुहोला।



३. टुथब्रसलाई पेन्सिलजसरी समात्नुहोला
के तपाईँले टुथब्रसले कार सफा गर्नु लाग्नुभएको हो र? हैन भने, पक्कै पनि धेरै मज्जाले नै ब्रस गर्नुहुँदैछ। अनुसन्धानको अनुसार, धेरै बल लगाएर दाँत माझ्नु, दाँत सफा गर्ने उपाय होइन।

ब्रस समात्ने उचित तरिका आफ्नो ब्रसलाई गिँजासँग ४५ डिग्रीको कोण बनाएर माझ्नु र बिस्तारै आरामले माझ्नु हो।

४. दिनहुँ एक कप चिया पिउनुहोला
चियामा हुने 'फ्लाभोनोइड्स' तथा अरू तत्वहरूले दाँतमा अड्किले ब्याक्टेरियाहरूलाई मार्दछ र दाँतलाई किराले खानबाट पनि बचाउँदछ।

५. ब्रस परिवर्तन गर्नुहोला
कम्तिमा २ महिनापछि आफ्नो पुरानो ब्रसलाई परिवर्तन गर्नुहोस्, नत्र फेरी आफ्नो दाँतको किटाणु आफ्नै दाँतमा सर्न सक्दछ।

६. जिब्रो सफा गर्नुहोला
दाँत माझ्दा सँधै जिब्रोलाई पनि सफा गर्नुहोला। दुर्गन्धित सास निकाल्ने मूख्य तत्व भनेको जिब्रोमा भएको फोहोरहरू हो। ब्रसले जिब्रोलाई घोट्नुभन्दा जिब्रेको प्रयोग गर्नु उचित हुन्छ।


७. चिनीको प्रयोग कम गर्नुहोला
यदि तपाईँ प्रौढ हुनुहुन्छ भने पनि चिनी भएको खानेकुराहरू कम खानुहोस्। चिनीको अधिकतम प्रयोगको कारण जिब्रोमा फोहोर जम्ने, दाँतमा लेउ लाग्ने र दाँत किराले खाने हुन सक्छ, त्यसैले चिनीयक्त खानेकुराको न्यून सेवन गर्नुहोला।

८. दाँतलाई सफा गर्ने खानेकुराहरू खानुहोला
स्याउको सेवन नियमित गर्दा दाँतमा भएको किटाणुहरूलाई नष्ट गर्दछ। गाँजर, काँचो र दुधिलो मकै पनि दाँत सफा राख्ने खानेकुरामा पर्दछ।

९. दाँतले चपाउने काम मात्रै गर्नुहोला
ब्यागमा सँधै बोटल ओपनर अथवा कैँची राख्नुहोस्। यदि तपाईँसँग सही साधन साथमा छ भने दाँतले बोटल खोल्ने दुस्प्रयास गर्नुहुँदैन।

१०. पानी नियमित र धेरै मात्रामा पिउनुहोला
जहाँ भएपनि पानीलाई साथमा राखनुहोस्। हरेक १\२ घन्टामा पानी पिउनुहोस्, यसले गर्दा दाँतमा फोहोर जम्न पाउँदैन।

मिठो मुस्कानसँगै सँधै सफा र स्वस्थ रहनुहोस्।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget