रौतहट, २६ फागुन– रौतहटमा मंगलबार आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् ।
रौतहटको गंगापिप्रा गाविस–९ मा दिउँसो १२ बजे स्थानीय जोगेन्द्र पासवानको घरबाट सल्कीएको आगोले अन्य आठ घरसमेत जलेका हुन् ।
आगलागीमा झण्डै १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
खाना पकाएर बाहिर राखेको खरानीबाट आगो सल्कीएको बताइएको छ।
हावा तिव्र गतिमा चलेका कारण आगो चाँडै फैलिएकोले आगोलाई नियन्त्रण गर्न नसकिएको स्थानीय बताउछन् ।
गौर नगरपालिकाको वारुण यन्त्रको सहयोगमा झण्डै एक घण्टा पछि आगो निभाइएको जनाइएको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.