मुटुको सुरक्षामा ध्यान दिनुपर्ने कुराहरु
शारीरिक रुपमा हाम्रो शरीर संचालनको निम्ति अत्यावश्यक अंग तथा भावनात्मक रुपमा मायासंग सम्बन्ध गासिएको मुटु स्वयंले भने आफूलाई चाहिने जति माया र स्याहार नपाएको तथ्य उपलब्ध तथ्यांकहरुले उजागर गरेका छन् । मुटु सम्बन्धी रोगहरु विकसित देशहरुमा एक किसिमको महामारीकै रुपमा फैलिएको कारण यसको विरुद्धमा लड्न सशक्त कदमको आवश्यक्ता महसुस गरी सन् २००१ देखि विश्व मुटु संगठनले सेप्टेम्बर महिनाको अन्तिम आइतबारलाई विश्व मुटु दिवसको रुपमा घोषणा गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । विश्व स्वास्थ्य संगठनको एक आंकडा अनुसार बर्षेनी विश्वमा मुटुरोगको कारण मात्रै करिब दुई करोड मानिसको ज्यान जाने गरेको छ, जसमध्ये करिब ८५ लाख मानिस विकासोन्मुख देशका नागरिक रहने गरेका छन् र नेपाल पनि मुटुरोगको जोखिममा देखिन्छ ।
मुटु रोगबाट बच्नको लागि निम्न उपायहरु अवलम्वन गर्न सकिन्छ:
१- धूम्रपान त्यागौं: करिब ५० प्रतिशत मुटु रोगी अत्यधिक धूम्रपानको कारण रोगी बनेका हुन्छन् र यसैकारण धूम्रपान मात्र त्याग्न सकियो भने पनि हामीले मुटुरोगको जोखिमलाई ५० प्रतिशतले घटाउन सक्छौं ।
२- तीस बर्षको उमेर पछि हरेक वर्ष नियमित रुपमा स्वास्थ्य परिक्षण गराउनुपर्छ, जसको कारण मधुमेह तथा उच्च रक्तचाप जस्तो रोगहरुको समयमै निदान हुन सक्दछ र यी रोगहरुलाई समयमै नियन्त्रण गरियो भने पनि मुटुरोगको जोखिमबाट बच्न सकिन्छ ।
३- नियमित रुपमा शारीरिक व्यायाम गर्ने र वजन घटाउने कोशिश गर्ने तथा अत्यधिक गुलियो, चिल्लो, तारेको एवं फास्टफूडको सेवन नगर्ने र विशेषत पेटमा जम्मा भएको बोसो मुटुको निम्ति हानीकारक हुन सक्छ, यसैकारण पेट तथा शरीरमा रहेको अनावश्यक बोसो घटाउन शारीरिक कृयाशीलतामा ध्यान दिने ।
४- खानेबानीमा सुधार ल्याउने र हामी विशेषतः माछा, मासु आदि खानुपर्दा रातको समयमा खाने गर्दछौं र भरपेट खाएको केही समयमा नै सुत्न जान्छौं र यो मुटु तथा समग्र स्वास्थ्यको निम्ति हानीकारक छ र माछा, मासु आदि खानु छ भने विहानी भोजनमा खाने, रात्रीकालीन भोजन सकेसम्म हल्का गर्ने तथा भोजन गरेको दुई घन्टा पछि मात्र सुत्न जाने बानी बसाल्नु पर्दछ ।
५- मानसिक शान्ती र जतिसुकै व्यस्त जीवनशैली भए पनि आफ्नो परिवार तथा साथीभाइसंग विताउनको निम्ति केही समय निकाल्नुपर्छ र सो समयमा सम्पूर्ण तनाव भूलेर मनलाई आनन्दित बनाउने कोसिस गर्नु पर्दछ र सधैं मुस्कुराउने तथा जीवनको हरेक क्षणलाई स्वभाविक रुपमा लिई रमाउने कोसिस गर्नुपर्छकस् ।
६० दिनमा कम्तीमा पनि ३० मिनेट र हप्तामा कम्तीमा पनि पांच दिन पसिना आउने किसिमको शारीरिक व्यायाम गर्ने र मौका मिलेसम्म शारीरिक कृयाशीलता हुने किसिमका कार्यहरु गर्ने र टेबलमा बसेर गरिरहनु पर्ने काम छ भने पनि केही समयको अन्तरालमा टहल्न निसक्ने, एकै ठाऊंमा विहान देखि बेलुका सम्म बसि नरहने ।
७- बेलैमा ध्यान दिइएको खन्डमा भविष्यमा हुने रोगको उपचारको क्रममा हुने तनाव, खर्च लगायत धेरै कुराबाट बच्न सकिन्छ र सानो सानो कुरामा ध्यान दिइयो भने ठूला समस्याबाट मुक्ति पाउन सकिन्छ र यसैकारण स्वस्थ शरीरलाई रोगी बनाउनु वा सामान्य रोगलाई जटिल बनाउनु भन्दा समयमै आफ्नो जीवनशैलीमा सामान्य सुधार गरी बुद्धिमता अपनाउनु राम्रो हुन्छ ।
सामान्य लक्षण र तीनका संभावित मुटुरोगः
१- ज्वरो सहितको घांटी दुखाई ९जस्तो कि टन्सिलाइटिस वा फ्यारेन्जाइटिस०, यस पछिको ज्वरो सहितको जोर्नीको दुखाइ र सूजन अनि यस पछिको देब्रे छातीको दुखाइ, सास फेर्न समस्या, मुटुको तीव्र धडकनस् बाथ मुटुको रोग ।
२- तपाईंलाई अफिस जानको निम्ति ढिला भइसकेको छ, बसस्टपमा पुग्न लाग्दा तपार्इंले आफ्नो रुटको बस देख्नुभयो जुन गुड्न सुरु गरिसकेको छ, तपाईं अलि छिटो दौडन कोसिस गर्नुहुन्छ, त्यत्तिनै खेर तपाईंको देब्रे छातीमा पिडा महसुस हुन्छ ।
(सामान्य लक्षण देखिंदा नै स्वास्थ्य परिक्षण गराउनु भयो भने तपाईंको स्वास्थ्य मात्र होइन ठूलो रोग देखिए पछि उपचारमा लाग्ने पैसा र मानसिक पीडा पनि कम हुन्छ ।)
Post a Comment