मंगलवार 26 फागुन, 2071
काठमाडौं, फाल्गुन २६ । टेलिभिजनको कार्यक्रम सुटिङका क्रममा उत्तरपश्चिम अर्जेन्टिनामा दुई हेलिकप्टर एकापसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।
त्यहाँका अधिकारीहरुले दुई हेलिकप्टर आपसमा जुधेर दुर्घटना भएको आशंका गरेका छन् । स्थानीय सन्चारमाध्यमले ती हेलिकप्टरमा फ्रान्सका यात्रुहरु रहेको बताएको छ । दुबै हेलिकप्टरका पाइलटको समेत मृत्यु भएको बताइएको छ ।
अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट ११ सय ७० किलोमिटर टाढको भिला क्यास्टेली सहरमा एउटा बहुचर्चित टेलिभिजन रियालिटी शोको छायांकनका क्रममा दुर्घटना भएको हो ।
विश्वभर चर्चित ‘इन्टरनेसनल इन्डुरेन्स एन्ड सर्भाइभल कम्पिटीसन’मा सहभागी टोलीको छायांकन चलिरहँदा भएको दुर्घटनाबारे अर्जेन्टाइनी सुरक्षा अधिकारीहरुले छानबिन सुरु गरेका छन् । (एजेन्सी)
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.