‘सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने नाराका साथ बिहीबार विश्व मिर्गौला दिवस मनाइदैछ ।
नेपालमा सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मिर्गौला उपचार केन्द्र काठमाडौँ वनस्थलीको आयोजनामा मिर्गौला दिवस मनाउन थालिएको हो ।
मिर्गौला स्वस्थ राख्नका लागि सबैले एक दिनमा कम्तीमा तीन लिटर पानी पिउनुपर्ने, मधुमेह तथा उच्च रक्तचापलाई सन्तुलनमा राख्नको लागि वरिष्ठ मिर्गौला रोग विशेष एवम् कार्यकारी निर्देशक प्राडा ऋषिकुमार काफ्ले भन्छन् धुमपानको आदत भएका, ५० वर्ष भन्दा बढी उमेर नाघिसकेका, मिर्गौलामा अन्य कुनै समस्या भएकाहरूलाई मिर्गौला रोगको खतरा बढी हुनेभएकाले हरेक वर्ष मिर्गौला परीक्षण गर्नु आवश्यक छ ।
मिर्गौला रोग लागिसकेपछि उपचारमा अत्यधिक खर्च लाग्ने भएकाले समयमै मिर्गौला परीक्षण गरी रोग लागेको नलागेको जानकारी लिनुपर्ने बताउछन उनी । उनले खाना खाएको ३० मिनेटमा कम्तिमा १५ मिनेट हिडडुल गर्नुपर्ने, मोटोपनलाई हटाउनुपर्ने र सुविधा भोगी नबनी पर्याप्त मात्रामा व्यायाम गर्नुपर्ने बताए ।
नेपालमा कुल जनसङ्ख्याको करिब १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको अनुमान गर्न सकिने उल्लेख गर्दै उनले त्यसमध्ये करिब १० हजार जना मिर्गौला रोगको अन्तिम अवस्थामा पुग्ने गरेको र करिब तीन हजार जना वार्षिक रुपमा थपिदै गएको अनुमान रहेको पनि बताए ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.