आकाशमै यस्तो ट्राफिक जाम

आइतबार, फाल्गुण २४,
अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ नभएपछि काठमाडौंको आकाशमा ट्राफिक जामको समस्या निम्तन पुगेको छ । देशको एकमात्र  अन्तर्राष्ट्रिय विमानस्थल टाफिक जामका कारण अस्तव्यस्त बनेको हो ।



नयाँ दिल्लीबाट आएका दुई वटा एयर इन्डियाका एयर बस जहाज, जेट एयरवेज एउटा जहाज र चीनको कुम्निङबाट आएको दुई वटा बोइङ काठमाडौंको आकाशमा फन्को लगाउँदा पनि अवतरण हुन सकेनन् भने शारजहाँबाट आएको एयर अरेबियाको एउटा जहाज लखनउ तर्फ डाइभर्ट भएको छ।


विमानस्थलका कामु महाप्रबन्धक वीरेन्द्रकुमार श्रेष्ठले आफूहरुसँग पार्किङ अभाव रहेको बताए। पार्किङ अभाव भएपछि जहाजहरुलाई आकाशमै होल्ड गराइएको उनले बताएका छन् ।

अहिले आकाशमा दिल्लीबाट आएका एयर इन्डियाका ए३२१–२११ एयरबस दुइ वटा, दिल्लीबाटै आएको बोइङ ७३७–८५ आर र चीनको कुम्निङबाट आएका चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७–७९ पी दुइ वटा जहाज आकाशमै फन्को लगाइरहेका छन्।

ल्यान्ड गर्न समय लाग्ने भएपछि शारजाहबाट आएको एयर अरेबियाको जहाज भारतको लखनउ डाइभर्ट भएको हो ।

दुर्घटनामा परेको टर्किस एयरलाइन्सको जहाज पार्किङमा पुर्याएपनि त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ अस्तव्यस्त बनेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget