६१ वर्षीया हजुरआमाले जन्माइन् आफ्नै नातिनी !

चेन्नई, फागुन २३ – तपाईंहरुमध्ये धेरैले नातिनीको जन्म त छोरीले दिने हो भनिरहनु भएको होला । तर यहाँ एक ६१ वर्षीया महिलाले आफ्नै छोरीको पनि छोरीलाई जन्म दिएर सबैलाई अचम्ममा पारेकी छिन् ।

सेरोगेट मदर बनेर गरिन् यो कामः 

वास्तवमा चेन्नईमा बस्ने २७ वर्षीय शीतालक्ष्मी आमा बन्न सकिरहेकी थिइनन् तर सेरोगेट मदरद्वारा उनी आफ्नो बच्चालाई जन्म दिन चाहन्थिन् जसका लागि उनले कुनै विश्वासिलो महिला पाइरहेकी थिइनन् । छोरीको तनावलाई भगाउनका लागि शीतालक्ष्मीकी ६१ वर्षीया आमाले सबैलाई अचम्मित बनाउँदै सेरोगेट मदर बन्ने इच्छा जाहेर गरिन् ।

शल्यक्रियामार्फत दिइयो जन्मः


६१ वर्षको उमेरमा कुनै पनि महिला आमा बन्नु असम्भव जस्तै हुन्छ । शितालक्ष्मी र उनका श्रीमानले जब यो कुरा चेन्नईस्थित आकाश फर्टिलिटी अस्पतालका डाक्टरहरुलाई बताए तब डाक्टरहरु समेत उनीहरुको कुरा सुनेर अचम्ममा परेका थिए । तर विज्ञान र प्रविधिको बलमा असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ भन्ने कुरा पुष्टि गर्दै ६१ वर्षीया महिलामार्फत बच्चा जन्माउन सफल भए ।

यसरी भयो सम्भवः

अस्पतालका डाक्टरहरुले शितालक्ष्मीकी आमालाई यस्तो औषधी दिए जसले उनको मासिक धर्म पुनः सुरु भयो । त्यसपछि शितालक्ष्मी र उनका श्रीमानको शुक्राणु लिएर गर्भमा इम्प्लान्ट गरियो । यो पूरै प्रक्रिया पूरै ९ महिनासम्म डाक्टरहरुको निगरानीमा गरियो र अन्तमा यी महिलाले आफ्नी छोरीको छोरीलाई जन्म दिइन् । शुक्रबार डा. जेयारानी कर्मराजले पूरै प्रक्रियाको बारेमा बताउँदै आफन्त र बृद्ध महिला पनि सरोगेट मदर हुनसक्ने बताएका छन् । उनका अनुसार ती महिलाले २.७ किलोको स्वस्थ बच्चाको जन्म दिएकी छिन् र आफ्नो दुध पनि चुसाएकी छिन् । हजुरआमाले आफ्नै नातिनीलाई जन्म दिएको यो पहिलो घटना बताउँदै अस्पताल प्रशासनले आउँदो आइतबार (मार्च ८) अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर दुबै आमा र बच्चालाई सम्मान गर्ने डा. कर्मराजले बताएका छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget