क्वालालम्पुर : कम्पनीबाट विदा लिएर घर फर्कन लागेका सयौं नेपालीको मलेसियास्थित एयरपोर्टमा विचल्ली भएको छ ।
काठमाडौंको त्रिभुवन विमानस्थलमा टर्किस जहाज विग्रेर धावनमार्ग अवरुद्ध भएपछि उडान बन्द हुँदा घर फर्कन लागेका सयौं नेपाली मलेसियाको एयरपोर्टमा अलपत्र परेका हुन् ।
मलेसियाको क्वालालाम्पुरस्थित केएलआईएमा रहेका दुईवटा अन्तराष्ट्रिय एयरपोर्टबाट नेपाल एयरलाइन्स, एयर एसिया, मलेसिया एयरलाइन्स र मालिन्डो एयरलाइन्सबाट नेपाल फर्कन लागेका नेपाली त्रिभुवन विमानस्थल अवरुद्ध हुँदा समस्यामा परेका हुन् ।
यहाँबाट नेपालका लागि सबै एयरलाइन्सका जहाज उड्न नसक्दा नेपाली र विदेशीसहित हजारौं यात्रु एयरपोर्टमै अलपत्र परेको बैतडीका रतनराम भुलले बताए ।
थोरै पैसा बोकेर मलेसियाबाट घर फर्कन लागेका नेपाली खर्च सकिएपछि भोकभोकै बस्न बाध्य भएको रतन रामको भनाइ छ । ‘घर फर्किन एयरपोर्ट आएर बसेको तीन दिन भइसक्यो’, भुलले भने, ‘कहिले उड्न पाइने हो केही टुङगो छैन, अब कसरी बाँच्नु ?’
त्यसैगरी बैतडीकै मनिराम भुल १८ महिना काम गर्दा पनि कम्पनी नराम्रो भएपछि थोरै पैसा बोकेर एयरपोर्ट आएका थिए । उनी पनि तीन दिनदेखि एक छाक खाना र पानीको भरमा एयरपोर्टमा जहाजको प्रतिक्षमा छन् ।
त्यस्तै जिफन्ट मलेसियाका प्रमुख जनक विक पनि एरपोर्टमै बिचल्लीमा परेका छन् । ओखलढुङ्गा घर भएका उनलाई गत बुधबार निधन भएकी आमाको काजकिरिया गर्न घर पुग्ने हतारो छ । तर, उडान नहुँदा घर पुग्ने टुङ्गो नभएको उनी बताउँछन् ।
मलेसियाको एयरपोर्टमा अलपत्र यात्रुलाई एयरपोर्ट प्रशासन र एयरलाइन्सको तर्फबाट एक छाका खाना दिइएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.