‘बाहिर निस्कँदा थाहा भो, हामी ठूलो दुर्घटनाबाट बाँचेछौं’

काठमाडौं : तीन पटक आकाशमा घुमेर जहाज अवतरण गर्दासम्म हामीलाई खासै ठूलो डर लागेको थिएन । हामी सामान्य अवस्थामै थियौं । म जहाजभित्रै फोटो र भिडियो खिच्दै बसेको थिएँ ।

तर, जब जहाज अवतरण गर्दा सामान्य भन्दा धेरै ठूलो ड्याङ्ग आवाज आयो, तब मात्र हामी सबै झस्क्यौं । झ्यालबाट बाहिर हेर्दा चारैतिर अध्याँरो थियो तर नजिकै घाँसैघाँस देखिन्थ्यो । ड्याङ्ग आवाज आएको २० सेकेन्डमा जहाज रोक्कियो । जहाजसँगै हामी सबै यात्रुको श्वास समेत रोक्कियो ।

जहाज अवतरण भएपछि एउटा आपतकालिन द्वार खुल्यो । र, आपतकालिन भर्‍याङबाट ओर्लेर बाहिर आएपछि मात्र मलाई ठूलो दुर्घटनाबाट बचेको महसुस भयो । जहाजको अघिल्लो भाग र इन्जिले जमिन छोइसकेको थियो ।

१२ जना जति यात्रु आपतकालिन भ¥याङबाट ओर्लिन शुरु भइसक्दा जहाजमा रोइकराइ शुरु भइसकेको थियो । जहाजभित्रका सबै यात्रुहरु आत्तिएका थिए । क्याबिन क्रुहरु आएर उनीहरुलाई सम्झाईरहेका थिए । जहाजभित्र धुवाँ भरिन थालिसकेको थियो ।

करिब १० मिनेटपछि जहाजका चारैवटा आपतकालिन द्वारहरु खुले । त्यसपछि यात्रुहरु हातमा जुत्ता लिएर हामफाल्न थाले । यात्रुहरुलाई हामफाल्ने तरिकाबारे क्याबिन क्रुहरुले सिकाउँदै थिए ।

संसारमा विरलै मात्र यस्तो घटना हुन्छ । जहाज दुर्घटनामा परेर यात्रुहरु सकुशल रहेका घटना विरलै छन् । हामी पनि तिनैमध्येका भाग्यमानी यात्रु भयौं । भगवानलाई धन्यवाद छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget