वास्तुअनुसार आफ्नो घरमा मृतात्मा, पूर्वजको तस्बिर, चित्र हमेशा नैऋत्य कोणमा लगाउनुपर्छ । घरमा भएका महँगो एवं भारी खालको सामान र अनुपयोगी वस्तु नैऋत्यकोणमा राख्नुपर्छ ।
याद राख्नुपर्ने कुरा के छ भने मृतात्माको चित्र पूजाकोठामा देवताका साथ उन्मुख हुने गर्दछन । मृतात्मा या पूर्वज हाम्रो आदर र श्रद्धाका प्रतीक हुन तर इष्ट देवताको रुपमा भने मान्न सकिँदैन । मृतात्मा एवं पूर्वजको पूजा विधिविधानले उनीहरुका श्राद्ध/मृत्यु तिथिको दिन अवश्य गर्नुपर्दछ ।
आफ्नै तस्वीर पूज गर्ने व्यक्ति, आफैँ शीघ्रातिशीघ्र पतन हुन्छ र आत्मप्रशंसा एवं आत्मस्तुतिले मनुष्यलाई घोर नर्कमा लैजान्छ । वास्तुअनुसार घरमा घडी लगाउँदा पूर्व, पश्चिम र उत्तरको भित्तामा लगाउनुपर्दछ । हाम्रो घरमा सबै प्रकारका दर्पण –ऐना) पूर्वी एवं उत्तरी भित्तामा लगाउनुपर्दछ । मुख्य ढोकाको अगाडि कहिल्यै पनि काँच या दर्पण लगाउनु हुँदैन । सुर्यको प्रकाशतर्फ फर्काएर काँच, ऐना राख्नु हुँदैन ।
अन्यथा ऐनाबाट परिवर्तित प्रकाशले घरभित्रको वैभव एवं ऐश्वर्या सवै नष्ट गरिदिन्छ । घरका अगाडि बाहिर पूर्वदिशातर्फ चम्किलो टायल, काँचका टुक्रा लगाउनु हुँदैन । अब वास्तुबाट टेलिभिजन आदि कहाँ राख्ने भन्ने विषयमा विचार गरिन्छ । आजभोलि यस्तो एउटै घर भेटिँदैन कि जहाँ टीभी नहोस । पहिले पहिले रेडियो टीभी सम्पन्नताको प्रतीक भए पनि अहिले मनोरञ्जन र सूचना, समाचार एवं जानकारी दिने सबैभन्दा महत्वपूर्ण, सशक्त माध्यम बनेको छ ।
टीभीलाई माथिबाट उत्तरको तल दक्षिण दायाँतर्फ, पूर्व एवं बायाँतर्फ पश्चिम दिशामा स्थापना गर्न सकिन्छ । इशान दिशाको कुनामा पवित्र एवं श्रेष्ठ मानिन्छ । अतःटीभीको इशान कोणमा राख्दा आएको विज्ञापनमा ज्यादा प्रभावकारी, ज्यादा प्रचार हुने र व्यापार वृद्धि भई उन्नति समेत बढी हुन्छ । अझै विचार गर्ने हो भने टीभी हमेशा अन्निकोणमा राख्नुपर्दछ ।
Post a Comment