‘इरान’ विश्वभर चुनौती

बुधबार, फाल्गुण २०,
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान विश्वभर चुनौतीको रुपमा देखा परेको बताएका छन् । अमेरिकी संसदलाई सम्बोधन गर्ने क्रममा उनले इरान र अमेरिका सहित अन्य दशबीच भएको परमाणु सम्झौताले इरानलाई परमाणु हतियार बनाउने बाटो खुला गरेकाले इरान विश्वको लागि चुनौती बनेको बताएका बिबिसिले उल्लेख गरेको छ ।

अमेरिकी संसदलाई सम्बोधन गर्नेक्रममा दिएको आफ्नो उक्त अभिव्यक्ति विवादमा पर्ने भएपनि अमेरिकी आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न भने नखोजेको स्पष्ट पारेका नेतान्याहूले इजराइल र अमेरिकाबीचको सम्बन्ध राजनीति भन्दा उच्च हुनुपर्ने धारणा राखे ।

इरानप्रति भरोसा गर्न नसकिने सावित भइसकेको र इरान दोश्रो मुलुकप्रति आतंक फैलाउन कार्यमा अग्रसर भएको उनको भनाइ छ । अझ उनले टिप्पणी गरेका छन्, ‘इरानको विचारधारा कट्टरपन्थी इस्लाममाथि टिकीरहेको छ ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget