ऐतिहासिक पिरामडिमा ब्लु फिल्म सुटिङ भएपछि ...

इजिप्ट । मिश्रको पिरामिडमा पोर्न फिल्म बनाएको आरोपमा एक युरोपियन अभिनेत्रीविरुद्ध प्रहरीले छानविन सुरु गरेको छ। पोर्नस्टारको सार्वजनिक भएको एउटा भिडियोमा उनी ऐतिहासिक पर्यटकीय स्थलमा अश्लील क्रियाकलाप गर्दै देखिएकी छन् । कयौ न्युज वेभसाइटमा पोर्न स्टारको तस्वीर छापिएपछि सरकारले यस विषयमा छानविन सुरु गरेको हो ।

इन्टरनेटमा भाइरल भइरहेको तस्वीर एउटा दश मिनेट लामो पोर्न फिल्मबाट लिइएको बताइएको छ। जसमा महिलाको पृष्ठभूमिमा गीजाको पिरामिड देखिएको छ। यस विषयमा मिश्रका पुरातत्व मन्त्री ममदोह अल–दमातीले वक्तव्य जारी गर्दै भनेका छन्–गीजाको पिरामिडमा विदेशी पर्यटकले पोर्न फिल्मका लागि कुनै दृष्य फिल्माएका छन् । यस विषयमा छानविन चलिरहेको छ।


भिडियोमा पोर्नस्टारलाई मिश्रको ऐतिहासिक स्मारकका बारेमा आपत्तिजनक टिप्पणी गर्दै पनि सुनिएको छ। पिरामिडमा घुम्दै गर्दा अभिनेत्रीले भनेकी छन्–यसमा हेर्न लायक के छ ? यो वाहियात हो र योभन्दा राम्रो हाम्रो रिजर्ट छ ।

भिडियोमा पोर्न अभिनेत्री ब्लु हटपैन्ट र येलो कलरको टपमा देखिएकी छन् । पर्यटकको भिडमा पनि उनीहरु क्यामेरासामु आफ्नो अंग प्रदर्शन गर्दै देखिएका छन् । सुरुमा मिश्रका अधिकारीहरुले इन्टरनेटमा अपलोड गरिएको यो भिडियोलाई फेक बताएका थिए । तर पछि छनविन सुरु गरेका हुन् । एक स्थानीय एनजीओका अनुसार भिडियो बनाउनेले सुरक्षा अधिकारीलाई घुस खुवाएका थिए, जसका कारण यो सम्भव भएको हो ।


मिश्रका इतिहास तथा पुरातत्वविद बसम अल–शमाले यस विषयमा भनेका छन्–यस्तो महत्वपूर्ण स्थानमा सुरक्षका लागि सर्भलेन्स क्यामेरामा मात्र पर्याप्त छैन । यसप्रकारको घटना रोक्नका लागि कडा सुरक्षा व्यवस्था चाहिन्छ । उनले यदि छानविनबाट भिडियो बनाएको पुष्टि भए पुरातत्वमन्त्री ममदोह अल दमातीले राजीनामा दिनुपर्ने बताए ।


स्मरणरहोस् यसप्रकारको घटना पहिलोपटक भएको भने होइन । एक एनजीओका अनुसार यसअघि पनि पिरामिड नजिक फिल्म सुटिङ गरिएको थियो । सन् १९९७ मा मिश्रको दक्षिणी सहर लक्सर र आसभानमा पनि गैरकानुनी ढंगले यस्ता फिल्म सुटिङ गरिएको घटना सार्वजनिक भएको थियो । एजेन्सी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget