डिस्कोमा प्रहरी कुट्ने कार्यकर्ता छोड्न एमालेको दबाब

कास्की । प्रहरी कुटेको अभियोगमा पक्राउ परेका युवा संघका कार्यकर्ता छाड्न एमालेका नेताहरुले प्रहरीलाई चर्को दबाब दिएका छन् ।
पोखराको लेकसाईडमा ओजन डिस्कोमा भएको झगडाबारे बुझ्न गएका प्रहरी जवान भीमबहादुर रानालाई कुटपिट गर्ने युवासंघका कार्यकर्ता छाड्न प्रहरीमाथि दबाब आएको हो ।
ओजन डिस्को सञ्चालक समेत रहेका एमाले युवा संघका गण्डकी उपाध्यक्ष शिव गुरुङसहित १२ जनाले प्रहरी जवान रानामाथि कुटपिट गरेका थिए । उनीहरुलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget