नयाँ दिल्ली, फागुन २३ – (एजेन्सी) एक भारतीय धर्म गुरुले करिब ४ सय जना पुरुषलाई आफ्नो अण्डकोष काटेर फाल्न प्रेरित गरेको अरोप लागेको छ । धर्मगुरु गुरमित राम रहिम सिंहले भगवानसँग नजिक हुनेभन्दै ४ सय पुरुषलाई अण्डकोष फाल्न लगाएको आरोप लगाइएको हो ।
सिंहले आफ्नो ५ करोड समर्थकहरुलाई आफै आफ्नो अण्डकोष काटेर फाल्न उपदेश दिन्थे ।
प्रत्यक्षदर्शीका अनुसार यो घटना सन् २००० ताका भए पनि यसबारेमा अहिलेमात्र पीडितहरु बोल्न थालेका हुन् । सिंहले उनकै अस्पतालमा लगेर ती पुरुषहरुलाई अण्डकोष काट्न लगाएको दाबी गरिएको छ ।
धनी गुरु भनेर चिनिने सिंहसँग २३ मिलियन पाउण्ड बारबरको सम्पत्ति रहेको बताइएको छ ।
सिड्नी मोर्निङ हेराल्डका अनुसार उनीमाथि सन् २००२ मा पनि एक खोज पत्रकारको हत्या गर्ने षड्यन्त्र गरेको अरोप र आफ्ना महिला समर्थकमाथि यौनदुराचार गरेको आरोप लगाइएका थियो । तर, उनीमाथि कुनै आरोप साबित भएनन् ।
अहिलेको मुद्दा भारतको सिबिआईले दर्ज गरेको हो ।
Post a Comment