उनलाई आक्रमणलगत्तै अस्पताल लगिएको र चोट सामान्य रहेको बताइएको छ । ५५ वर्षीय आक्रमणकारी पूर्व विद्रोही लडाकु भएको पुष्टि भएको छ । उनले आक्रमणको क्रममा उत्तर र दक्षिण कोरिया पुन एकीकरण हुनुपर्ने नारा लगाएका थिए । उनलाई सुरक्षा अधिकारीले पक्राउ गरेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार एक कला केन्द्रमा ब्रेकफास्ट मिटिङ गरिरहेका दाजदुतमाथि आक्रमण गर्नुअघि ति आक्रमणकारीले उत्तर र दक्षिण कोरिया एक हुनुपर्ने नारा लगाएका थिए ।
ति आक्रमणकारीले अमेरिका र दक्षिण कोरियाले संयुक्तरुपमा गर्ने सैन्य तालिमप्रति विरोध समेत जनाएका थिए । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य तालिम अहिले जारी छ ।
उत्तर कोरियाले उक्त तालिमलाई आफूविरुद्ध आक्रमण र बदलाको तयारी भनी टिप्पणी गरेको छ ।
दक्षिण कोरियामा रहेको सानो समूहले अमेरिकी सेनाको उपस्थिति दुई कोरियाको एकीकरणको लागि बाधक भएको दाबी गर्दै आएको छ ।
यसअघि पनि दक्षिण कोरियामा रहेका जापानी राजदुतमाथि सोही पृष्ठभूमीका व्यक्तिले आक्रमण गरेका थिए ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्ना राजदुत लिपेर्टको शीघ्र स्वास्थ्य लाभको कामना गरेको अमेरिकी राष्टि्य सुरक्षा परिषद्का प्रवक्ता बर्नाडेट्टे मेहनले जनाएका छन् ।
राजदुत दम्पतिले कोरियामा जन्मेको आफ्नो शिशुलाई कोरियन नाम दिएका छन् ।
Post a Comment