अष्ट्रेलियामा अध्ययनरत ब्लड क्यान्सर पीडित पौडेललाई सहयोगको आग्रह

शिशिर सिंखडा । २० फागुन, चितवन ।
अष्ट्रेलियामा अध्ययनरत पुर्वी चितवनको जुटपानी ७ सुर्यपुरका उज्वल पौडेललाई व्लड क्यान्सर भएकाले उपचारका लागी आर्थिक सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।

एक वर्ष अगाडि विद्यार्थी भिसामा अध्ययनका लागि अष्ट्रेलियाको ब्रिसवेन शहर पुगेका २० वर्षिय पौडेल अहिले व्रिसवेनको अस्पतालमा उपचाररत छन् । व्लड क्यान्सर भएका पौडेलको उपचार गर्न नेपाली १ करोड रुपैया भन्दा बढि लाग्ने अस्पतालले जनाएको उज्वलका बुवा डम्वर पौडेलले जानकारी दिए ।



 वोन म्यारो प्रत्यारोपण वाहेक सामान्य उपचार त्यहाँको स्वास्थ्य विमा कम्पनीले गरिदिने भएपनि महंगो शुल्क भने आफैले वेहोर्नु पर्ने भएकाले समस्या परेको पौडेलले बताए ।घरको आर्थिक अवस्था कमजोर रहेकाले त्यति ठुलो रकम जुटाउन समस्या भएको र छोराको जीवन रक्षाका लागi सहयोगको अपेक्षा गरिएको उज्वलकी आमा लिला पौडेलले सवैमा आग्रह गरेकी छन् ।

उज्वलको उपचारका लागी गैर आवासीय नेपाली संगठन अष्ट्रेलिया र क्वीन्सल्याण्ड शहरको नेपाली संगठनले पनि सहयोगका लागि सबैसंग अनुरोध गर्दै आर्थिक संकलन थालेको जनाएको छ । रिंगटा लागि अस्पतालमा जचाउन पुगेका उज्वलको रगत परिक्षण गर्दा व्लड क्यान्सर भएको त्यहाँको अस्पतालले बताएको बुबा डम्वर पौडेलले बताए ।

उज्वललाई सहयोग गर्न चाहनेले उनका बुबा डम्वर पौडेलको मोवाईल नम्वर ९८४५१३९५७८ मा सम्पर्क गर्न सक्नु हुने छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget