३५ वर्षीय वाङगेल तामाङले आफ्नो श्रीमतीको ह्याक्सो ब्लेडले घाँटी रेटी हत्या गरेर आफूमाथि शंका नहोस् भन्दै आफै प्रहरीलाई फोन गरेर बोलाएका थिए । तर, प्रहरी अनुसन्धानपछि तामाङ आफैले श्रीमतीको हत्या भएको खुलेको छ ।
मृतक सानोकान्छी तामाङ र वाङगेल तामाङ बिचमा ७/८ वर्ष अगाडी विवाह भए पश्चात काठमाण्डौंमा बस्दै आएका थिए । बाङगेलले घरमा रंग लगाउने काम गर्ने गरेको र उनकी श्रीमतीले पहिला गार्मेन्टमा काम गर्ने गरेको र हाल घरमानै बसी सिलाईको काम गर्ने गरेकी थिइन् । उनीहरु भुरुङखेलस्थित दुकुचा गल्लीमा सुन्दरमणी कर्माचार्यको कच्ची घरको दोस्रो तलामा विगत ३/४ वर्ष अगाडीदेखी भाडामा बस्दै आएका थिए । श्रीमान श्रीमती विचमा के कस्तो व्यवसाय गर्ने भन्ने विषयमा वादविवाद हुने गरेको थियो ।
फागुन २० गते वाङगेल काम सकेर ५ बजे घर फर्केका थिए तर कोठामा जाने वित्तिकै सदा झै पैसाको विषयलाई लिएर निज श्रीमान् श्रीमती विचमा विवाद भएको थियो । विवादपछि वाङगेल बाहिर निस्की चुरोट खाई केहीबेर बसेको र १५/२० मिनेट पश्चात कोठामा आउँदा श्रीमती निदाई रहेको देखी मार्ने योजना बनाएका थिए ।
त्यसपछि, सिरक ओढेर निदाई रहेकि श्रीमतीको एक हातले सोही सिरकले मुख छोपी सिलाई मेशिन माथी राखेको ठुलो खालको फलाम काट्ने ह्याक्सो ब्लेडले घाँटि रेटी हत्या गरि सिरकले छोपी आफ्नो हातका लागेको रगत कोठामा रहेको स्टिलको बाटामा धोई पखाली बाहिर निस्कि ह्याक्सो ब्लेड र निज मृतकले प्रयोग गर्ने ९८४११३५३६३ को सिम सहितको कलर्स कम्पनीको मोवाईल शोभा भगवती मन्दिर नजिकै रहेको पुलबाट विष्णुमतीमा फाली ढल्कुमा रहेको राजन साहीको पसलमा गएका थिए ।
राजनको पसलमा केहीबेर बसी बिजेश्बरीमा रहेको राजन साहीको घरमा गई करिब ९ बजेसम्म बसी फेरी आफ्नै कोठामा आएका थिए । कोठामा आईसके पछि बत्तीबाली श्रीमतीलाई खोजेको जस्तो नाटक गरि तल्लो तलामा बस्ने छिमेकीहरुलाई समेत सोधेका थिए । छिमेकीहरुले नदेखेको जवाफ दिए पछि निज वाङगेल फेरी कोठामा गई श्रीमती खाटमा मृत फेला परेको भनि हल्ला गरेको र आफुमाथी शंका नहोस् भनि प्रहरीलाई १०० मा फोन गरि घटनाको जानकारी गराएका थिए ।
प्रहरीले तामाङलाई आवस्यक कानुनी कारवाहीको लागी आज महानगरीय प्रहरी वृत्त लैनचौर पठाएको छ ।
Post a Comment