चुम्बन माया दर्शाउने राम्रो माध्यम पनि हो । बिहिबार काठमण्डौमा मनाइएको फागु पूणिर्मा अर्थात होली पर्वको अवसरमा केही यस्ता रोचक दृश्य देखिएका छन् ।
बिहान ९ बजेबाट निर्देशक आकाश अधिकारीले आयोजना गरेको होली कार्यक्रममा केही कलाकार नाच्नमै मस्त थिए । नायिका रेखा थापाको साथमा केही नायिकाले रमाइलो गरे । तर, रेखासँग ५ बर्षदेखि पानी बाराबारको सम्बन्धमा रहेका नायक आर्यन सिग्देल पनि रेड स्टूडियोमा पुगे । उनी श्रीमती सपना भण्डारीको साथमा रेडमा पुगे । रेडमा पुगेतापनि आर्यन र रेखाविच बोलचाल भएन ।
रेखालाई नदेखे जस्तो गर्दै आर्यन आकाशसँग केही समय होलीमा रंगिएका थिए । एक अर्काविच इन्काउन्टर भएपनि यी दुई कलाकारले मित्रताको हात बढाएन ।
यसपछि, आर्यन निर्माता छविराज ओझाको कार्यलयमा होली खेल्न सपनासँग पुगेका थिए । च्यातिएको पाइन्टले ठूलै समस्या दिलाएपनि आर्यन केही समय त्यहाँ रमाएका थिए । त्यहाँबाट होली खेलेर निस्किएका आर्यनले पत्नी सपनासँग होली खेलेको एक रोचक तस्बिर सार्वजनिक गरेका छन् ।
जहाँ आर्यन र सपना चुम्बनको होली खेल्दैछन् । आर्यन र सपनाको चुम्बनको तस्बिर स्वयंम सपनाले नै सार्वजनिक गरेकी हुन् । यो तस्बिर सार्वजनिक भएपछि अहिले विभिन्न खालका प्रतिक्रिया आइरहेको छ । आखिर, आर्यन पत्नीसँग खुलेयाम यस्तो रोमान्समा किन मस्त भए, उनले नै जान्ने कुरा हो ।
Post a Comment