लोग्नेलाई १४ जोडीको बीचमा त्यो अवस्थामा देख्दाको लाज

बुधबार, 20 फागुन,
काठमाडौं-कार्यालयबाट विदा लिई-लिई हाकिम भट्टी धाउने, १४ केटीसँग घेरिएर मस्ती मार्ने, ५ दिनसम्म हिरासतमा बसेर आफू सुटुक्क छुट्ने । यही केसमा होटल मालिक देवबहादुर श्रेष्ठले चाहिँ ५० हजार धरौटी जुटाउन नसक्दा जेल जानुपर्ने, रेष्टुरेण्ट पनि बन्द गरिने । यसैलाई हो मस्त्यन्याय भनिएको ।

ग्राण्ड बैकको मिटिङमा जान्छु भन्दैं पत्नीसँग विदावारी भई अपरान्ह ४ बजे चाबहिलस्थित घरबाट छुटेका पतिले राति ८ बजे मापसेमा परेँ, मेरो उद्धार गर भन्दैं फोन गर्छन । रंगेहात होटलबाट तरुनीसहित पक्रेर ल्याउँदा नाम, थर र वतन ढाट्छन । र, प्रहरीले फोटो खिच्न खोज्दा हातले अनुहार छोप्छन । मगज बिगि्रएको भनौं त्यत्रो बैकको सिइओ । न त भाङ धतुरो नै खाएको न नाबालक तैपनि चिच्याउँछन्, कराउँछन्, 'मलाई प्रहरीले फसायो' भनेर ।

बानेश्वर प्रहरी बृतले केही दिन अगाडि एउटा सुराकी पायो कोटेश्वर र नरेफाट क्षेत्रमा यौन अखडा बढ्दै गएको । यही खबरका आधारमा ११ गे कोटेश्वर थकाली भान्छाघरमा पुग्यो । तल दुई वटा मात्रै टेबल । माथि पुग्दा घोर आश्चर्य । १४ जोडी रसलीलामा मस्त । १४ वर्षदेखि ५० वर्षसम्मका युवती । कण्डमसहित १४ जोडीलाई बानेश्वर ल्याइयो । प्रहरीले फोटो खिच्न खोज्दा हो उनैले अनुहार छोपेको । प्रहरीले झपार्‍यो, 'यस्तो गर्व गर्न लायक कर्म गरेपछि शिर ठाडो पारेर हँसिलो मुहार पो लगाउनुपर्छ नि ! किन लगाएको ?'

मुद्धा दर्ता हुँदा नाम, थर र वतनमा अञ्जन क्षत्री डिल्लीबजार लेखियो । यहीअनुसमार मुद्धा अगाडि बढ्यो । यता, घरबाट मिटिङमा जान्छु भनेर हिडेका पति हराएपछि पत्नीको चिन्ता बढ्ने नै भयो । १२ गते विहानै गौशाला प्रहरी वृतमा भावना उपाध्यायले कुमारी बैकका सिइयो आफ्ना पति उदयकृष्ण उपाध्याय बानेश्वरबाट हराएको निवेदन दिइन ।

ठूलो बैकको सिइओ हराएको भनेपछि प्रहरीले पनि सक्रियता बढाउने नै भयो । सोहीअनुसार गौशाल प्रहरीले बानेश्वरलाई टेलिफोनमार्फत सोधपुछ गर्दा हुलिया पठाउन आग्रह गर्‍यो । अपरान्ह १ बजे हुलियासहित निवेदन दर्ता भयो । प्रहरीले खोजतलास भनेर तोक लगायो । भावना गेट अगाडि मात्र के पुगेकी थिइन्, मुद्धाको म्याद थप्न बाहिर निकालिएका १४ जोडीमध्ये आफ्नो पतिलाई माझमा देखेपछि चिच्याउँदैं भनिन्, 'सर, मेरो श्रीमान त यही नै पो हुन्ुहुँदोरहेछ, उहाँ नै त हो मेरो श्रीमान ।'

प्रहरीले त्यसपछि मात्र थाहा पायो हिजो अञ्जन क्षत्री नाम बताउने ब्यक्ति नै रहेछन्, कुमारी बैकका सिइओ उदयकृष्ण उपाध्याय । मासिक ५ लाख तलबका दरले वाषिर्क ६० लाख, दशै पेस्की ५ लाख, बैकको नाफाअनुसार बोनस ५ देखि १० लाखसम्म गरी मोटामोटी ७५ लाख सुविधासहित २ वटा गाडी फेरि फेरि तलब सुविधा लिदैं आएका उमेरले ४५ वर्ष कटेका सिइओ एउटा साधारण रेष्टुरेण्टकी २२ वर्षीया तरुनीसँग भेटिएको केशले प्रहरी आफै अक्क न बक्क भयो ।

गि्रन्डलेज बैक, स्ट्यान्डर्ड चाटर्ड, यति फाइनान्सकोे सिइयो हुँदैं कुमारी बैक छिरेका उपाध्याय राधेश पन्त हटेपछि निमित्त हुँदैं सिइओ बनेका हुन् ।

सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाइएको यो केशमा सुरुमा सरकारी वलिक कृष्णजंग शाहले प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालसँग ५ दिन हिरासतमा राख्न अनुमति मागेका थिए । पछि इज्जत जाला भन्ने डरले जति पनि खर्च गर्न तयार उपाध्यायको मुद्धामा तिनै वकिलले मुद्धा चलाउन नपर्ने भन्दैं विहानै छाडिदिए । यही मुद्धामा रेष्टुरेण्टवालाको रेष्टुरेण्ट बन्द छ । उनी जेलमै सडिरहेका छन । यसैलाई भनिएको रहेछ, 'सानालाई ऐन, ठूलालाई चैन ।' आजको जनआस्थामा समाचार छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget