प्रेमीलाई कुटेर प्रेमिकाको सामूहिक बलात्कार

राजविराज : आँपको बगैचामा प्रेमीसँग बसेकी १४ वर्षीया एक किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा सप्तरीमा दुई जना पक्राउ परेका छन् ।

कुशहा–४ स्थित आँपको बगैचामा बसिरहेका प्रेमीलाई कुटपिट गरी भगाएपछि किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मल्हनमा–४ का २९ वर्षीय बरुण राम र कुशहा–३ का १८ वर्षीय बिनोद दासलाई पक्राउ गरेको प्रहरी नायव निरीक्षक हरी खडकाले बताए ।

आरोपितमध्येका पंसेरा–५ का २१ वर्षीय अरविन्द साह फरार छन् । पीडितका बुवाले सोमबार आरोपितहरुसहित पीडितका साथी पंसेरा ५ का १९ वर्षीय किशोर सरदारविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दिएका छन् ।

पीडितलाई स्वास्थ्य परीक्षणका लागि मंगलबार बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । कल्याणपुर प्रहरीको हिरासतमा रहेका राम र दासलाई मंगलबार अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायव निरीक्षक खडकाले बताए ।

घटनास्थलबाट फुटेका चुरा बरामद गरिएको जनाउँदै प्रहरी निरीक्षक छेदीलाल कामतीले संवेदनशील घटना भएकाले तीब्रताका साथ अनुसन्धान थालेको बताए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget