धन ल्याउन गएको मान्छेको शव वाकसमा आएपछि…

झापा, २२ फागुन । धन कमाउन नेपालबाट वर्षेनी ४ लाख युवाहरु विदेश जाने गरेका छन् । तर, विदेशमा धन कमाउन गएका युवक आफ्नो प्राण त्यागेर आफ्नो शव वाकसमा घर पुग्दा कस्तो होला ?
यस्तो पीडा नेपालका हरेक अभिभावकले खेप्लै आएका छन् ।
दुई वर्ष अगाडि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका झापा बिर्तामोड नगरपालिका–१ स्थित शान्ति टोलका ३८ वर्षीय जीवन सङ्ग्रौलाको शुक्रबार बिहान मृत्यु भएको छ ।
मलेसियामा सञ्चालित लब इन कम्पनीमा चौकीदारका रुपमा कार्यरत उनको उच्च रक्तचापका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
सङ्ग्रौलाको शव नेपाल ल्याउन आवश्यक पहल भइरहेको मृतक सङ्गौलाकी कान्छी छोरी सुजाताले जानकारी दिनुभयो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget