आफूलाई पक्राउ गर्न उजुरी दिएको जानकारी पाएपछि दीपिकाले आफ्नो बचाउ गर्दै निवेदन दिएकी थिईन् । न्यायाधीश रन्जीत मोरे र अनुजा प्रभुदेसाईले सो मा सहभागीलाई पक्राउ गर्नु नपर्ने निर्णय गरेपछि दीपिकालाई राहत मिलेको हो ।
न्यायलयले १६ मार्चसम्म गिरफ्तार नगर्न आदेश दिएको छ ।
१६ मार्चमा उक्त कार्यक्रम वारेमा अन्तिम सुनुवाई हुने भएको छ । यसअघि अदालतले करण जोहर, रणबीर सिंह लगायतलाई सफाई दिईसकेको छ ।
केही महिनाअघि मुम्बईमा भएको एआईबी रोस्ट कार्यक्रममा अश्लील भाषा बोलेको भन्दै कार्यक्रम बिबादमा परेको थियो । बिबादपछि कार्यक्रम यूट्युबबाट हटाइएको छ ।
Post a Comment