संविधानसभामा फेरि हंगामा, नारावाजी र भना-भन

२२ माघ, काठमाडौं ।

संविधानसभामा तनावकाबीच प्रश्नावली प्रस्ताव समितिमा सदस्य थप तथा म्याद बढाउने प्रक्रिया पुरा भएको छ । राप्रपा नेपालका सभाषदको नारावाजीकैबीच जेष्ट सदस्य कुल बहादुर गुरुङले प्रस्ताव समितिको प्रतिवेदन पेश गरे र ५ दिन समय थप्न माग गरे अनि कमल थापा चिच्याइरहेकै समयमा यो निर्णयार्थ पेश मात्र भएन सर्वसम्मतीले पारित पनि भयो ।

यो प्रस्ताव पारित भए सँगै संविधानसभाको बैठक २९ माघ सम्मका लागि स्थगित भएको छ ।

यसैबीच प्रश्नावली प्रस्ताव समितिमा सभाषद हरिचरण साहको नाम थप गरिएको छ । समितिको प्रतिवेदन पेश गर्नका लागि कुलबहादुर गुरुङलाई समय दिँदा राप्रपा नेपालले अवरोध गरेको थियो । नियमापत्ति गर्दै कमल थापाले संविधानसभालाई निहिर बनाइएको र दलले उठाएका एजेण्डालाई निषेद गर्ने गरी कार्यविधि बनाइयो भन्दै आपत्ति जनाए ।

कमल थापाले भनेः तथाकथित प्रस्ताव समितिले तयार गरेको कार्यविधिले गर्दा संवादमा पेश गरेको संविधानसभाको सम्पत्तिको रुपमा रहेको हाम्रो अवधारणामा बन्देज गरेको छ । के प्रश्ताव समिति सभाभन्दा पनि सुपर समिति हो ? अन्तिम निर्णय गर्ने सेन्सर बोर्ड हो ? सार्वभौम संविधानसभा मात्र हो समिति होइन । संविधानले विचार र अभिव्यक्ति स्वतन्त्रतालाई शुनिश्चित गरेको छ । दल खोल्ने अधिकार प्रयोग गरेको छ ।  त्यही अधिकार प्रयोग गरी चुनावमा गयौं र चुनाव जितेर सभामा आयौं । के संविधानले दिएको अधिकार हामीले प्रयोग गर्न नपाउने ? संविधानसभा निर्णायक हो वा निर्णायक अन्त अरु कोही केही छ ? यो संविधासभाको औचित्य समाप्त पार्ने र संविधानसभाबाट संविधान बन्न नदिने षडयन्त्र भइरहेको छ । ७ लाख जनताले हामीलाई भोट हालेका छन् । हामीलाई सक्छौं भने विधि र प्रकृयाबाट हामीलाई हराउ, तर के संविधानसभा निरंकुशताको लाचार छायाँ हो ? तपाईहरु कस्तो लोकतन्त्रको अभ्यास गरिरहनु भएको छ ? हामीले आन्दोलनका उपलब्धीलाई अवमूल्यन गर्न चाहन्नौं तर हाम्रो पनि अभिमतको पतिनिधित्व गर्ने अधिकार सुनिश्चित हुनु पर्छ ।

विहीबारको बैठकमा संविधानसभाका विपक्षीका सिट पूरै खाली थिए । एमाओवादी र मधेसवादी दल संविधानसभाबाट बाहिर छन् ।



कमल थापाले फेरी थपेः उनीहरुलाई त बाहिर राखियो राखियो, विधि र प्रकृया मान्ने राप्रपा नेपाललाई पनि बाहिर राखियो । सक्ने भए हामीलाई पनि बाहिर निकाल्नसु । हामीलाई कुर्चिको माया छैन । टाउकोमा कफन बाधेर हिडेका हौं । तर अहिले संविधान बन्न नदिने षडयन्त्र भइरहेको छ । नियमावलीको उलंघन भएको छ । धर्मनिरपेक्षतामा प्रश्न उठाउन पाइदैन भनेर कुन धाराले भनेको छ ? देखाइदिनुस् । प्रश्नाव समितिले जुन संविधान, नियमावली र संविधानसभाको निर्णय उलंघन गरेको छ । त्यसलाई खोरेज गरेर सबैले सैदान्तिक रुपमा प्रश्न उठाउन पाउने अधिकराको सुनिश्चित गुर्न पर्छ । त्यही रुलिङ होस भन्ने माग गर्न चाहन्छु ।

तर सभाध्यक्ष सुवास नेम्वाङले भने संविधानसभा र संसदको बीचमा आधारभूत रुपमा फरक छ । हामीले नियमावली बनाएर र अहिलेसम्मको अभ्यासबाट पुष्टि गरिसकेका छौं । संविधानसभामा सत्तापक्ष र विपक्ष हुदैन । मन्त्री नभए पनि बैठक चल्छ । यो आधारभूत अन्तरलाई हेक्का राख्नु पर्छ । हुन सक्छ भने ६०१ सभासद् दिनदिनै हरेक बैठकमा उपस्थित हुनु राम्रो । नियमापत्ति गरेर गम्भीर कुरा उठाउनु भएको छ । तर आज अहिले यस बारेमा मैले केही भन्न सक्ने अवस्था छैन । हरेक विषयलाई छिनोफानो गर्ने थलो संविधानसभा नै हो । समितिको कार्यविध थप गर्ने मात्र हो ।

सुवास नेम्बाङले यति भनेपछि राप्रपा नेपालका सभासद् फेरी उठे र रोष्टम घेर्दै नारावाजी गरे ।

राप्रपा नेपालका सभाषदको नारावाजीकैबीच जेष्ट सदस्य कुल बहादुर गुरुङले प्रस्ताव समितिको प्रतिवेदन पेश गरे र ५ दिन समय थप्न माग गरे अनि कमल थापा चिच्याइरहेकै समयमा यो निर्णयार्थ पेश मात्र भएन सर्वसम्मतीले पारित पनि भयो ।

यो प्रस्ताव पारित भए सँगै संविधानसभाको बैठक २९ माघ सम्मका लागि स्थगित भएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget