‘संवादको बाटो छाडेर सडकमा नजानुस् । यो लडाइँ, युद्ध भनेको फुटबल खेलजस्तो होइन, खेल सकिएपछि हात मिलाएर सौहार्दपूर्ण वातावरण हुँदैन’
अघिल्लो दिन मात्र प्रचण्ड अध्यक्ष रहेको एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनले ओलीको मानसिक असन्तुलन भएको आशंका’ गर्दै जाँच गराउन सरकारसँग माग गरेको थियो । त्यसप्रति लक्षित गर्दै उनले भने, जहाँ प्रश्न हुन्छ त्यहाँ उत्तर हुन्छ । उहाँहरुको जवाफ मैले दिइरहनुपर्दैन जनताले दिन्छन् ।
उनले कुनै व्यक्तिको स्वार्थ पूरा गराउन समाजलाई हिंसामा लैजाने कार्यको विरोध गर्दै कसैको बलजफ्तीले संविधान निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारे । ‘यो संविधानसभा संविधान बनाउनका लागि बनेको हो, उनले भने, ‘घोसेमुन्टो लगाएर संविधानसभा विघटन हुँदैन ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको संविधान बनाउने थलो संविधानसभा’ छाडेर सडक आन्दोलनमा नजान आग्रह गरेका छन् ।
एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनसँग वाकयुद्ध चलिरहेको बेला अध्यक्ष ओलीले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा यस्तो आग्रह गरेका हुन् । ‘संवादको बाटो छाडेर सडकमा नजानुस् । यो लडाइँ, युद्ध भनेको फुटबल खेलजस्तो होइन, खेल सकिएपछि हात मिलाएर सौहार्दपूर्ण वातावरण हुँदैन, उनले भने, यसकारण म भन्छु सिटामोल खानुस् ज्वरो घटाउनुस् ।
अघिल्लो दिन मात्र प्रचण्ड अध्यक्ष रहेको एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनले ओलीको ‘मानसिक असन्तुलन भएको आशंका गर्दै जाँच गराउन सरकारसँग माग गरेको थियो । त्यसप्रति लक्षित गर्दै उनले भने, ‘जहाँ प्रश्न हुन्छ त्यहाँ उत्तर हुन्छ । उहाँहरुको जवाफ मैले दिइरहनुपर्दैन जनताले दिन्छन् ।
उनले कुनै व्यक्तिको स्वार्थ पूरा गराउन समाजलाई हिंसामा लैजाने कार्यको विरोध गर्दै कसैको बलजफ्तीले संविधान निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारे । ‘यो संविधानसभा संविधान बनाउनका लागि बनेको हो,’ उनले भने, ‘घोसेमुन्टो लगाएर संविधानसभा विघटन हुँदैन ।
एमाओवादीले सडक आन्दोलनमा नआउने कार्यकर्तालाई कांग्रेस–एमालेमा जाऊ भन्ने खालको अभिव्यक्ति दिएकोमा उनले एमालेमा आउन आह्वानसमेत गरे । एमालेमा आए सुरक्षाका साथै सम्मान अनि अवसर प्रदान गर्ने उनको भनाइ थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment