काठमाडौं, माघ २१ । काठमाडौं महानगरपालिकाले लोडसेडिङ र इन्धन सन्चयका कारण आगलागीका घटना बढेको भन्दै सचेतता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
लोडसेडिङका कारण अन्य वैकल्पिक उपाय अपनाउनुपर्ने बाध्यता र इन्धन सन्चय गर्ने प्रवृतिले आगलागीका घटना बढेको भन्दै महानगरपालिकाले सचेतता अपनाउन आग्रह गरेको हो ।
विहीबार पत्रकार सम्मेलन गरी महानगरपालिकाले गत साउनयता आगलागीका १२० ओटा घटना भएको र त्यसमध्ये विद्युत् सर्टका कारण ७४ ओटा आगलागीका घटना भएको जानकारी गराएको हो ।
सो अवधिमा पेट्रोल सन्चयका कारण आगलागी हुँदा दुईजनाको मृत्यु हुनुकासाथै ४ जना घाइते भएको पनि महानागरपालिकाले जनाएको छ ।
महानगरपालिकाले क्षति न्यूनीकरणका लागि पूर्वसचेतता अपनाउन, कम क्षमता भएका विद्युतीय उपकरण प्रयोग गर्न र घरमा इन्धनको सन्चय नगर्नसमेत आग्रह गरेको छ ।
दमकल सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी भइरहेको पनि महानगरपालिकाले जनाएको छ ।
imagekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.