म २३ वर्षको भएँ र मेरी श्रीमती २५ वर्षकी छिन्। मेरो समस्या के भने जब म उनीसँग यौनसम्पर्क राख्छु, एकपटकभन्दा बढी यौनसम्पर्क गर्न सक्दिनँ।
म सबै शक्ति गुमाउँछु अनि दोस्रो पटक यौनसम्पर्क गर्न सक्दिनँ। हामीलाई शिशु चाहिएको छ। म उनको योनिमा वीर्य राख्छु, तर मैले लिङ्ग बाहिर झिकेपछि त्यो वीर्य त योनिबाट बाहिर आउँछ। के गर्ने हो ? कृपया सल्लाह पाउ ।
दोस्रो पटक लिङ्ग उत्तेजित किन नभएको ?
तपाईंले पक्कै पढ्नुभएको हुनुपर्छ, मानव यौन प्रतिक्रिया चक्र अर्थात् Human Response Cycle को सन्दर्भमा मानवशरीर चारवटा मुख्य चरणबाट गुज्रन्छ। ती हुन्-
१. Excitement Phase -उत्तेजनाको चरण),
२. Plateau Phase, उत्कर्ष चरण)
३. orgasm phase - चरमसुखको चरण)
४. Resolution Phase हुन्छन्।
Excitement Phas लाई निरन्तरता दिए व्यक्ति दोस्रो चरण Plateau Phase मा पुग्छ। यो चरणलाई पनि निरन्तरता दिइए व्यक्ति orgasm phase -चरमसुखको चरण) मा पुग्छ। यही चरणमै वीर्य स्खलन हुन्छ। त्यसपछि बिस्तारै पूर्व अवस्थामा र्फकने चरणलाई हामी Resolution Phase भन्छौं। आधारभूत रूपमा उस्तै भए पनि महिला र पुरुषमा यौन प्रतिक्रिया चक्रमा हुने भिन्नतामध्ये Resolution Phase हो।
पुरुषले एक सम्भोगपछि तुरुन्तै अर्को सम्भोग किन गर्न सक्दैन ?
महिलाले एकै यौनसम्पर्कमा एकभन्दा बढी यौन चरमसुख -(multiple orgasms) पाउन सक्छन्, तर पुरुषको हकमा त्यस्तो हुँदैन। चरमसुखपछि पुरुष तथा महिला दुवै resolution -सामान्य अवस्थामा फर्किने प्रक्रिया) phaseमा जान्छन्, तर यसमा एक आधारभूत भिन्नता हुन्छ। चरमसुख पाइसकेपछि पनि सामान्य अवस्थामा र्फकन लागेका महिलाहरूलाई पुनः उत्तेजित गराई चरमसुखको स्थितिमा लान सकिन्छ, तर पुरुषलाई भने सकिँदैन, किनभने पुरुषहरू च्भाचबअतयचथ एभचष्यम मा जान्छन्। यस अवधिमा पुरुषलाई जति नै तीव्र किसिमको यौन उत्तेजना दिए पनि उत्तेजित गराउन सकिँदैन। व्यक्तिअनुसार तथा एक व्यक्तिमा पनि विभिन्न समयमा यो अवधि फरक फरक हुन सक्छ। केही मिनेटदेखि यो कैयौं घण्टासम्मको हुन सक्छ। तपाईंले तुरुन्तै दोस्रो पटक यौनसम्पर्क गर्न नसकेको कारण त्यही हुन सक्छ। तपाईंले Resolution Phase अर्थात अवधि पछि यौन क्रियाकलाप सुरु गर्नु भए यस किसिमको समस्या पर्दैन। अर्को कुरा, आफ्नी श्रीमतीको यौन चरमसुखको प्राप्तिप्रति समर्पित यौन क्रियाकलाप त तपाईंले जहिले पनि गर्न सक्नुहुन्छ।
किन वीर्य बाहिर आएको होला ?
यौनसम्पर्कका बेला घर्षणलाई सजिलो वनाउन योनिबाट प्रशस्त योनिरस आउँछ भन्ने कुरा त तपाईं तथा तपाइर्ंकी पत्नीलाई थाहा भएकै हुनुपर्छ। त्यसबाहेक वीर्य स्खलन हुँदा कम्तीमा २ मिलिलिटर र बढीमा यस्तै ५ मिलिलिटर वीर्य निस्कन्छ। यौनसम्पर्कका बेला पुरुषको लिङ्गबाट निस्केको वीर्य महिलाको योनिमा जम्मा हुन्छ। योनिरस होस् वा वीर्य यो बाहिरतिरै आउनुपर्छ। पुरुषबाट प्राप्त वीर्य पाठेघरभित्र जाने होइन। वीर्य योनिमा जम्मा भएपछि सो बिस्तारै केही बेरमा पानीजस्तै पातलिएर जान्छ र यसमा भएका शुक्रकीटहरू पौडँदै पाठेघरको मुख हुँदै पाठेघर तथा डिम्बवाहिनी नलीतर्फ जान्छ। यस किसिमले भन्ने हो भने यो सामान्य कुरा भएकाले चिन्ता गर्नु पर्दैन।
शिशु जन्माउने चाहना
कुनै पनि दम्पतीको यो स्वाभाविक चाहना हो। तपाइर्ंले गर्भधारण होस् भनेर प्रयास गर्नुभएको कति भयो, उल्लेख गर्नुभएको छैन। गर्भ निरो धको कुनै पनि साधन नअपनाई गर्भधारण गर्न प्रयास गरेेर पनि एक वर्षसम्म गर्भ बस्न नसकेको भए यहाँनेर किन गर्भ नबसेको होला भनेर खोजिनिती गर्नु आवश्यक हुन्छ।
गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ। यौनसम्पर्कका बेलामा पुरुषको वीर्य स्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब -अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन ९ाभ्च्त्क्ष्ीक्ष्श्ब्त्क्ष्इल्० भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज ९श्थ्न्इत्भ्० भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुराहरू हुनु आवश्यक छ। गर्भ बस्न सफल यौैन सम्पर्कपछि वीर्यमा भएका शुक्रकीटले डिम्बलाई निषेचित गर्नुपर्छ। महिलाको शरीरमा पनि डिम्ब निष्कासन मात्र हुनु पर्याप्त नभै शुक्रकीटले डिम्ब निषेचन गर्न समय पनि मिल्नुपर्यो र यसरी निषेचित डिम्ब पाठेघरको भित्री तहमा राम्ररी टाँसिन -डिम्बरोपण) सकेपछि बिस्तारै विकसित हुन सक्नुपर्छ। यी सबै कुरा मिल्न कैयौं कुराको तालमेल मिल्नु आवश्यक छ।
यदी एक वर्षभन्दा बढी समय गर्भ रहोस् भनेर प्रयास गरिसकेपछि पनि गर्भधारण सफल हुन सकेको छैन भने त्यसको कारण पत्ता लगाउने प्रयास गर्नुपर्छ। गर्भ नहरनु पुरुषका कारणले, महिलाका कारणले वा दुवैको मिलीजुली कारणले हुनसक्छ। कारण पत्ता लगाई त्यसको आवश्यक उपचार गर्नुपर्छ। यो कुराका शुरुवात गर्न सर्वप्रथम त तपाईंको वीर्यमा पर्याप्त मात्रा स्वस्थ शुक्रकीट छन्-छैनन् ? हेर्नुपर्ने हुन्छ। यदि यसमा कुनै खराबी छैन भने तपाईंकी श्रीमतीमा प्रजनन अङ्ग तथा प्रजनन कार्य प्रणालीमा कुनै बाधा अवरोध छ वा छैन भनेर कारण पत्ता लगाउनुपर्छ। तपाईंलाई यहाँ भनिरहनुपर्दैन होला कि तपाइर्ंहरूको यो समस्याको समाधान सो समस्याको कारणमै निर्भर हुन्छ।
के वीर्य वाहिर निस्केमा गर्भ रहँदैन ?
बुझि नै सक्नुभयो कि योनिमा वीर्य स्खलन भैसकेपछि वीर्य पाठेघर वा अन्य प्रजनन अङ्गमा पस्ने होइन। तपाईंलाई थाहै होला, प्रजनन क्षमता भएका पुरुषको वीर्यमा करोडौं शुक्रकीट हुन्छन्। यसमा पनि प्रायःजसो योनिमा मर्छन्, तुलनात्मक रूपमा सानो संख्यामा मात्र शुक्रकीट भित्री प्रजनन अङ्गमा पुग्छन् र त्यसमा पनि एक शुक्रकीटले मात्र डिम्बलाई निषेचित गर्छ। त्यसैले तपाईंको लिङ्गबाट स्खलित वीर्य यौनसम्पर्कपछि योनिबाट बाहिर निस्कियो भन्दैमा पीर मान्नुपर्ने कारण छैन।source mixkhabar
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment