एक युवकले यसरी बेचे युवतीलाई ५२ हजारमा ..!

माघ २२ गते
नयाँदिल्ली । एक युवकले १६ वर्षिय किशोरीलाई प्रेमिका बनाए । कलेज पढ्दै गरेकी ती युवतीलाई जालझेल गरी उनले आफ्नो मायाजालमा फसाई छाडे । करिब एक महिनासम्म युवतीसंग प्रेम रोमान्स गरे ।
युवतीले विहे गरौ भन्दा ती युवकले आफ्ना घरपरिवारले नमानेको बताए । टाढा गाउँ गएर विहे गर्ने भनेर ती युवतीलाई आश्वासन दिए । आफ्नो प्रेमीले विहे गर्छु भनेपछि ती युवती टाढाको गाउँ जान तयार भइन् । दुई दिनपछि दुवै प्रेमी प्रमिका गाउँ गए ।
युवकले गाउँ पुगेपछि ती १६ वर्षिय किशोरीलाई एक पुरुषको जिम्मा लगाए । ती युवतीलाई आफ्नो प्रेमीले वेचेको भन्ने थाहा भएन् । ती पुरुषसंग उनको घर गईन् । उनका प्रेमीले गाउँका पुरुषलाई ५२ हजारमा वेचिसकेका थिए । घर लगेर ती पुरुषले उनको यौन शोषण गरे ।
उनले नमान्दा नमान्दै पनि जबरजस्ती कपडा खोलेर उनको बलात्कार गरे । पीड़ित किशोरीले आफुलाई किन्ने पुरुषले ७ दिनसम्म शारीरिक, यौन शोषण गरेको बताईन् । शोषणको प्रतिकार उनमाथि निर्घात कुटपिट गरियो ।
घरपरिवारले छोरी हराएको भनेर प्रहरीमा उजुरी दिएपछि ती युवक पक्राउ परेका छन् । भारतको वाराणसी गाउँ ती युवकले मायाजालमा फसाएर ५२ हजारमा बेचेको प्रहरीसामु स्विकार गरेका छन् ।
प्रहरीले ती युवतीको फोनको कल डिटेलबाट यो घटना थाहा पाएको थियो । र ती युवकलाई पक्राउ गर्‍यो ।
प्रहरीले युवकालाई गिरफ्तार गरी किशोरीको मेडिकल परीक्षण गराएको छ । प्रहरीको वयानमा ती युवकले किशोरी गाउँमा ५२ हजार रुपैयाँमा बेचेको स्वीकारेका छन् ।
पीड़ित किशोरीका परिवारले प्रहरीमा अपहरणको आरोपमा मुद्दा दर्ता गरेको छ । प्रहरीले ती युवक मनोज कुमार हिजोमात्रै पक्राउ गरेको छ ।
प्रहरीले ती युवकले बताएपछि किशोरीलाई गाउँबाट मुक्त गरेर परिवारको जिम्मा लगाएको थियो । ती युवक अहिले प्रहरी हिरासत छन् । थप अनुसन्धान भइराखेकको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget