काठमाडौं, माघ २२ । एकीकृत माओवादी नेतृत्वको ३० दलीय गठबन्धनले आन्दोलनका विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।
एमाओवादी संसदीय दलको कार्यलय सिंहदरबारमा विहीबार बसेको मोर्चाको बैठकले माघ २९ गते देशव्यापी रुपमा सार्वजनिक स्थलहरुमा कालोझन्डा प्रदर्शन गर्ने, फाल्गुन २, ३ र ९ गते संयुक्तरुपमा कार्यकर्ता भेला, घेराउ तथा धर्ना र विरोधसभा गर्ने निर्णय गरेको छ ।
संयुक्त कार्यकर्ता भेलाका लागि विभिन्न ३५ ओटा जिल्लामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुलाई सहभागी गराउने निर्णय समेत गरिएको छ ।
भेलाले आन्दोलनका लागि रकम जुटाउने निर्णय पनि गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
Post a Comment