जंगलमा लावारिस अवस्थामा फेला परेको शवको सनाखत अझै हुन सकेको छैन् तर, शवको पहिचानका लागि प्रहरीले महिलाको हुलियाका बारेमा जानकारी गराउँदै मलिलाले अकाशे निलो कुर्ता, पंहिलो रातो बुटेदार सुरवाल, दुबै हातमा काँचकोे चुरा, ५ फिट उचाई, मंगोलियन अनुहार अन्दाजी ३०–३५ वर्षकी महिला रहेको जानकारी दिएको छ ।
घाँटीमा लोमो डोरीसहित फेला परेको महिलाको कतैबाट हत्या गरि ल्याएर जंगलमा फालिएको प्रहरीको अनुमान छ । वास्तविक घटनाको पहिचानका लागि महिलाको हत्या कसरी र कसले गरयो भन्ने घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.