काठमाडौं । कुनै समय प्रेमीका लागि आफ्नो धर्म परिवर्तन गरेकी युवतीले छोटो कपडा लगाउन नदिएको झोकमा तिनै प्रेमीको हत्या गरेकी छन् ।
प्रेमीसँग पश्चिमा कपडा लगाउने विषयमा विवाद भएको थियो । प्रहरीका अनुसार एक ल फर्ममा काम गर्ने आरोपी सारा विलिसले इङल्याण्डको ब्ल्याकबर्नस्थित घरमा प्रेमी बिलाल सिद्दिकीमाथि चक्कु प्रहार गरेकी थिइन् ।
त्यसको केही घण्टामा उनको मृत्यु भएको थियो । १९ वर्षीय विलिसले बिलालले आफूमाथि शासन जमाउन खोजेको र हरेक रात बिताउन बाध्य बनाउने गरेको आरोप लगाएकी छन् ।
कट्टर स्वभावका बिलालले उनलाई बेश्याको आरोप लगाउँदै घटना हुनेरात विलिसको कपाल समातेर अरुसँगै रात बिताएको आरोप लगाएको उनले अदालतमा बयान दिएकी छन् ।
स्कुलमा पढ्दा उनले प्रेमीका लागि आफ्नो धर्म नै परिवर्तन गरेर मुस्लिम धर्म अपनाएकी थिइन् । मुस्लिम धर्मअनुसार बुर्का लगाउनुपर्ने र छोटो कपडा लगाउन नपाएपछि उनीहरुबीच खटपट सुरु भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
Post a Comment