नेपाली चलचित्रकी आसलाग्दी नायिका नम्रता श्रेष्ठ एक पछि अर्को चलचित्रबाट असफल हुदै गएकी थिईन |उनले अभिनय गरेका प्राय चलचित्र असफल नै भएका छन |
नम्रता आफैले निर्माण गरेको फिल्म ‘सोल सिस्टर’ ले उनलाई नराम्रो संग फसायो भने अहिले ‘ताण्डव’ले पनि असफलता पाएको थियो |चलचित्रको राम्रो कथा हेरेर मात्र अभिनय गर्छु भनेपनि उनको रोजाइलाइ दर्शकले मन पराएनन |अहिले नम्रताले नै अभिनय गरेको फिल्म ‘सम्बोधन’ हलमा लागिरहेको छ । तर, ‘सम्बोधन’ले अपेक्षित दर्शक पाउन सकेन । बर्षको सुरुवातमा ‘नोभेम्बर रेन’ले निर्माता सुवास गिरीलाई राहत दिंदा नम्रता चम्केकी थिइन् । तर उनको त्यसपछिका चलचित्रले खासै सफल हुन दिएन |
नेपाली चलचित्रमा सबैको रोजाइकी नायिका भएपनि उनको चलचित्र हेर्न दर्शक हाल सम्म नजादा भने उनलाई निकै धक्का लागेको छ |आफुलाई मन परेको कथा भन्दा दर्शकको भवन बुझेर कथा छान्नु नम्रताको लागि उचित हुन्छ |
भिडियो हेर्न तल क्लिक गर्नुहोस
Post a Comment