भ्यालेन्टाईन डेमा ‘आइ लभ यु’ भने समातेर बिहे गरिदिने !

एजेन्सी । भारतको मेरठस्थित हिन्दू महासभाले भ्यालेन्टाईन डेका दिन सार्वजनिक रुपमा प्रेम अभिव्यक्त गर्नेलाई विवाह गराईदिने घोषणा गरेको छ ।
उक्त दिन घरमै बसेर सामाजिक सञ्जालमा यस्तो अभिव्यक्ति दिएपनि उनीहरुलाई पनि समातेर विवाह गरिदिने जनाएको छ ।


 भ्यालेन्टाईन डे को पुरै एक हप्ताको दौरान प्रेमको प्रदर्शन गरिने भएपनि यो भारतीय परम्परा नभएको सहासभाको भनाई छ ।
फेसबुक र ट्विटरमा प्रेम प्रदर्शन गर्नेलाई पक्राउ गर्न दिल्लीमा मात्रै ८ वटा टिम बनाएको हिन्दू महासभाका राष्ट्रिय अध्यक्ष चन्द्रप्रकाश कौशिकको भनाई छ ।
यस्तो समूहले पार्क र अन्य स्थानमा यस्ता जोडीहरुको खोजी गर्नेछ । कोही यस्तो प्रेमलापमा भेटिए हिन्दू जोडीलाई तत्कालै विवाह गराइदिने र अन्य भए शुद्धिकरणका लागि प्रयास गर्ने जनाइएको छ ।
हातमा गुलावको फूल लिएर सार्वजनिक स्थानमा देखिने जोडी पहिलो शिकार बन्नेछन् । हरेक वर्ष फेब्रुअरी १४ लाई भ्यालेन्टाईन डेका रुपमा मनाउने गरिन्छ । भ्यालेन्टाईन डेका बारेमा आएको यस्तो घोषणा भने यो पहिलो हुनसक्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget