‘केपी ओलीलाई मानसिक रोगी भन्नु प्रचण्ड मोर्चाको गल्ती’

काठमाडौं : एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीबारे पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको १८ दलीय मोर्चाले बुधबार गरेको निर्णयप्रति असहमति जनाएका छन् ।

आफ्नै निवास हरिसिद्धमा बिहीबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले केपी ओलीबारे १८ दलीय मोर्चाको निर्णय अत्यन्त गलत भएको टिप्पणी गरेका हुन् ।

‘१८ दलीय मोर्चाको औपचारिक प्रस्ताव सहज र स्वाभाविक होइन’, उपाध्यक्ष श्रेष्ठले भने, ‘यो अत्यन्त गलत निर्णय हो, यस्तो निर्णय राजनीतिक तहमा गरिनुहुन्नथ्यो । ’


उपाध्यक्ष श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले गत आइतबार एमाओवादी मोर्चालाई १० अर्ब दिए संविधान बन्छ भनी गरेको टिप्पणीलाई पनि अराजनीतिक र गैरजिम्मेवारको संज्ञा दिए ।

‘केपी ओलीको अभिव्यक्ति अराजनीतिक गैर जिम्मेवारपूर्ण छ’, उपाध्यक्ष श्रेष्ठले भने, ‘उहाँको अभिव्यक्ति द्वन्द्वमुखी भयो, त्यो अभिव्यक्तिले दलहरुबीचको दुरी अझ बढाउन मलजल गरेको छ ।’

उपाध्यक्ष श्रेष्ठले सत्तापक्षले आन्दोलनकारीलाई सम्बोधन गरेर बोलाएमा अझै पनि सहमतिबाटै संविधान जारी गर्न सकिने विकल्प दिए ।

‘सहमतिको संविधान बनाउन सत्तपाक्षले आन्दोलनकारीलाई सम्बोधन गर्न १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र जनआन्दोलनको निर्देशिका वमोजिम अघि बढ्ने प्रतिवद्धता जनाउनुपर्छ’, उनले भने, ‘सत्तारुढ दलले अघि बढाएको प्रस्ताव निर्माणमा समितिलाई स्थगत गरेमा मात्रै पनि वार्ता प्रक्रिया अघि बढाउन सकिन्छ ।’

संविधानसभाले सहमतिमा संविधान ल्याउन नसकेमा दलहरुबीचको तिक्तताले देशमा अफ्ठेरोमा पर्ने उपाध्यक्ष श्रेष्ठको तर्क थियो ।

‘संविधानसभाबाट सहमतिमा संविधान निर्माण नभएको अवस्थामा मुलुक निरंकुशततर्फ जान सक्छ’, उपाध्यक्ष श्रेष्ठले भने, ‘सहमतिको संविधनबाटै देशमा राजनीतिक स्थायित्व हुन्छ, यसतर्फ सबै दल गम्भीर बन्नु जरुरी छ ।’

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget