कान्छी सभासद् भन्छिन् ‘म राजकिशोरलाई कत्ति माया गर्छु दुनियाँलाइ के थाहा ?’

काठमाडौं,माघ २२–संविधानसभाको कान्छी सभासद् सरिता कुमारी यादवले पुर्व मन्त्री समेत रहेका राजकिशोर यादवसँग आफ्नो सम्वन्ध विग्रीएको हल्ला निराधार रहेको बताएकी छिन् । ‘केही दिनअघि हाम्रो वीचमा मनमुटाव रहेका समाचारहरु पढ्दा दुःख लाग्यो,किनकी ति समाचारहरु गलत थिए ।’
  परिवर्तनकारी शक्तिहरुले गठन गरेको मोर्चाका बैठक र छलफलका साथै पार्टी निमार्णका लागी पनि आफु अहोरात्र खटिरहेको भन्दै सरिताले भनिन् ‘हामी श्रीमान् श्रीमतीबीचको सम्बन्ध यति धेरै सुमधुर छ भनेर कसरी प्रमाणित गरौं ? हामीभित्र कुनै समस्या छैन, त्यसैले बाँकी अरूलाई स्पष्टीकरण दिन आवश्यक ठान्दिनँ ।’ रातोपाटीसँग कुरा गर्दै यादवले भनिन् ‘म राजकिशोरालाई कत्ति माया गर्छु भन्नेकुरा दुनियाँलाई थाहा हुँदैन त्यो हामी दुईलाई मात्रै थाहा छ ।’       आफ्नै श्रीमानका विरुद्ध राजनितीक संघर्ष थालेको प्रसंगमा यादवले भनिन् ‘ पार्टी सञ्चालनदेखि परिवार सञ्चालनमा समेत मेरो उहासँग कुनै असहमती छैन ।’ आफुहरुको वीचमा पहिले जस्तै निकट सम्बन्ध र झाँगिसकेको मायामा आफु अडिग रहने भन्दै यादवले भनिन् ‘मलाई यहाँ पु¥याएको श्रीमानले हो,अनि उँहाकै मन दुःखाएर म कसरी अगाडि बढ्न सक्छु ?’     संविधानसभाको सदस्य बनेपछि परिवारमा दिने समयमा भने केही असर परेको स्विकार्दै उनले भनिन् ‘ भरसक परिवारलाई विशेष ध्यान दिएर काम गरिरहेकी छु, मेरो लागि जत्ति देश प्यारो छ, उत्तिकै परिवार पनि प्यारो छ ।’ यादवले आफु राजकिशोरसँगको सम्वन्धमा औधि खुसी भएको भन्दै हजारबार उनकै श्रीमतीको रुपमा बाँच्न चाहेको बताइन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget