तलब माग्‍दा सहकर्मी कुट्‍ने संगीतकार पक्राउ

एजेन्सी: आफ्नो सहयोगीले तलब माग्‍दा उल्‍टै कुट्‍ने भारतका चर्चित संगीतकार स्माइल दरबार पक्राउ परेका छन्। आफ्नो सहयोगीलाई कुटपिट गरेको अभियोगमा उनी पक्राउ परेका हुन।

संगीतकार स्‍माइलले उनकै सहायक निर्देशक चौधरीलाई ३८ हजार भारतीय रुपैयाँ तिर्नुपर्ने थियो। तर, उनले काम लगाए बापतको पैसा नदिई उल्टै भौतिक आक्रमण गरेको उजुरी चौधरीले प्रहरीमा दिएपछि उनी पक्राउ परेका हुन्।  


उनकै कार्यालयमा सहायक संगीत निर्देशकका रुपमा कार्यरत चौधरीलाई पैसा नतिरेको र कुटपिट गरेको अभियोगमा स्माइल र उनका छोरालाई समेत प्रहरीले पक्राउ गरेको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएको छ।  

चौधरीले जुलाई २०१४ देखि सेप्टेम्बरसम्मको मासिक तलब बापतको ३८ हजार रुपैयाँ स्माइलले तिर्न बाँकी रहेको डेली मेलले उल्‍लेख गरेको छ।
annapurnapost.com
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget