हिरोईनलाई पारदर्शी पोशाक लगाउन दिएर पानीले भिजाएपछि हिरोईन ग्ल्यामर देखिन्छन् भन्ने मान्यता फिल्म निर्माण सुरु भएदेखि नै स्थापित भए ।
हिरोईनलाई पानीले भिजाएर ग्ल्यामर बनाएकै कारण केही निर्देशक र हिरोईन चर्चित भए । समय परिवर्तन भएसँगै हिरोईनलाई ग्ल्यामर बनाउने तौर तरिका पनि फेरिएको छ ।
बिकिनी पोजको अतिरिक्त पानीमै डुबाएर नायका नायिकाविच प्रेमलाप गराएको दृष्य दर्शकले मन पराउन थालेका छन् । ‘टाईम्स अफ इण्डिया’ले पानीकै सहारामा हिट भएका केही सुन्दरीको सूची सार्वजनिक गरेको छ । हेरौं को-को रहेछन् ?
ज्याक्लिनको जवानी
ज्याक्लिन
फेब्रुअरी १३ मा रिलिज हुने तयारीमा रहेको हिन्दी फिल्म ‘रोय’का केही दृष्यको प्रदर्शन अगाडी नै चर्चा सुरु भएको छ ।
कारण त्यस फिल्ममा अर्जुन कपुर र ज्याक्लिन फर्नान्डेजले समुन्द्री पानीमा कामुक अभिनय गरेका छन् । निर्देशकले ज्याकलीनको जवानीलाई पानीमै पोख्ने प्रयाश गरेका छन् ।
‘हेट स्टोरी-२’ काम गरेपछि सुर्भिन चावला र जय भन्सालीले राम्रै चर्चा पाए । फिल्ममा उनीहरुको अभिनयको तारिफ गर्ने भन्दा पनि समुन्द्री किनारमा बसेर उनीहरुले चुम्बन गरेको दृष्य हेरेर रमाईलो मान्नेहरु धेरै थिए ।
यहि फिल्मपछि यी कलाकार बोल्ड कलाकारका रुपमा स्थापित भए । ‘किल दिल’ ले बक्स अफिसमा राम्रो प्रभाव पार्न सकेन तर, रणबीर सिंह र परिपणीति चोपडाको प्रेमालापको दृष्यले भने राम्रै चर्चा पायो । पानीमा चुलुम्मै डुवेर एक अर्काको ओठ चुमेका थिए उनीहरुले ।
रणबीर सिंह र परिपणीति चोपडा
हट सिन धेरै भएकै कारण प्रदर्शन अगाडी नै चर्चामा आएको ‘जिद’ मा कर्णबीर शर्मा र मानाराले पानीमा भिजेरै भएपनि आफ्नो जवानी छताछुल्ल पार्ने प्रयाश गरेका छन् ।
केही वर्ष अघि बनेको ‘लम्हे’ मा सैफ अलि खान र अमिषा पट्टेलले दिएको हट पोज लामो समयसम्म चर्चामा रह्यो ।
अर्को फिल्म ‘इन्कार’मा अर्जुन रामपाल र चित्राङ्गदा सिंहले पनि तहल्कै मच्चाए । पानीमा डुबुल्की मार्दै प्रेमलाप गर्दै गरेको दृष्यले धेरैलाई काउकुती लगाएको थियो ।
मल्लिकाले धेरैलाई लोभ्याईन्
‘शादी से पहले’ मल्लिकाले प्रस्तुत गरेको हट अन्दाजको तारीफ अहिले पनि हुने गर्छ । उक्त फिल्मका केही दृष्यमा बिकिनीमा प्रस्तुत भएकी मल्लिकाले पानीमा डुबुल्की मार्दै धेरैलाई लोभ्याइन ।
सन्नी लियोनीको पहिलो फिल्म ‘जिस्म-२’ मै आफ्नो ग्ल्यामरस पोज दिएर दर्शकको ध्यान तानेकी थिइन ।
‘बैंग बैंग’ मा ऋतिक रोशन र कैट्रिना कैफले पनि पानीमै अंगालो मारेर दर्शकलाई मोहित पारे । एउटा गीतमा पुरै पानीमा भिजेर अभिनय गरेका उनीहरुले दर्शकवाट प्रतिक्रिया पनि राम्रै पाए ।
ऋतिक रोशन र कैट्रिना कैफ
हिन्दी फिल्म राजले जति चर्चा पायो त्यो भन्दा धेरै चर्चा पायो विपाशा बसु अर्धनग्न भएर पानीमा डुबेको दृष्यले ।
‘मै तेरा हिरो’मा अभिनय गरेकी नरगीस फाखरीले पनि अभिनय भन्दा पनि हट एक्सपोजलाई नै प्राथमिकता दिएकी थिईन् ।
आईटम गीत दम मारो दम…मा दीपिका पादुकोणको पारदर्शी पोशाकको चर्चा अझै सेलाएको छैन । लारा दत्त अहिले अभिनयवाट टाढा भएपनि हिन्दी फिल्म ‘ब्लु’ मा उनले दिएको हटसिनको चर्चा अझै जारी छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.