ताईपेईस्थित विमानस्थलबाट उडेको जहाज उचाई लिन नपाउँदै किलुङ नदीमा खसेर दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
५८ जना यात्रु बोकेर उडेको ट्रान्स एसियाको सो जहाज दुर्घटनामा २ जना बालबालिकासहित ९ जनाले ज्यान गुमाएका हुन् । जहाज नदीमा खस्नु अघि फिल्मी शैलीमा सडक र पुल भत्काउँदै अघि बढेको थियो ।
आन्तरिक उडानमा प्रयोग हुने फ्रान्सेली–इटालीयन कम्पनीले बनाएको एटीआर ७२–६०० डबल इन्जिन भएको सो जहाज दुर्घटना हुनुको कारण भने खुलेको छैन ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.